BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:28 | शुक्रबार ०५, असोज २०७५ १६:२८
राष्ट्रियसभा चुनावको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

शनिबार, २९ पुष २०७४| Radio Dhangadhi
राष्ट्रियसभा चुनावको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

एफएम संवाददाता
पुष २९ डोटी
डोटीमा राष्ट्रियसभा चुनावको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

७ नम्बर प्रदेशको डोटी स्थित जिल्ला सदरमुकाम सिलगढीमा रहेको जिल्ला अदालत परिसरमा शनिबार एक औपचारीक कार्यक्रम गरी राष्ट्रियसभा चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरीएको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालय स्थापना भएको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्ति गरिएको छ ।

कार्यालयमा छुटाछुट्टै दुईवटा मतदान केन्द्र रहनेछन् । एउटा मतदान केन्द्रबाट स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अर्कोबाट प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । 


शनिबार २९, पुष २०७४ ०६:५३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस