Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:35 | बुधबार ०३, माघ २०७४ ०८:३५
सुप विश्वविद्यालयको प्रथम दिक्षान्त समारोह : १ सय २०  विद्यार्थी दिक्षीत

शनिबार, २९ पुष २०७४| Radio Dhangadhi
सुप विश्वविद्यालयको प्रथम दिक्षान्त समारोह : १ सय २०  विद्यार्थी दिक्षीत


भागेश्वरी शाह 
महेन्द्रनगर २९ पुष  

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह महेन्द्रनगरमा विशेष कार्यक्रम गर्दै सम्पन्न भएको छ । समारोहबाट स्नातक र स्नातकोत्तर गरेका १ सय २० विद्यार्थी दीक्षित भएका छन् ।

४ वटा संकायबाट उत्र्तिण भएका २ सय ८२ विद्यार्थी मध्ये समारोहमा सहभागि आवेदन दिएका १ सय २० विद्यार्थीलाई दिक्षित गरिएको विश्वविद्यालयले जनाएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसमा आयोजित समारोहकाविच दिक्षित विद्यार्थीलाई विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले सम्मान गर्नुभएको छ ।

विस. २०६७ सालमा स्थापना भएको विश्वविद्यालयले शिक्षा, मानविकि, विज्ञान र व्यवस्थापन गरी ४ संकायमा अध्यापन गराउदै आएको छ ।  यसैबिच दिक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले शिक्षालाई राष्ट्रको पुँजीको रुपमा हेरिएकाले सर्वसुलभ शिक्षा प्रदान गर्नु राज्यको मूल दायित्व भएको बताउनुभयो ।

दीक्षित भएका विद्यार्थीलाई शुभकामना दिदै प्रधानमन्त्री देउवाले भविष्यमा जुनसुकै परिस्थितिमा पनि आफ्नो माटोलाई नबिर्सन आग्रह गर्नुभयो  । सुदूरपश्चिमबासीको पहलमा विश्वविद्यालय स्थापना भएको चर्चा गर्दै उहाँले गुणस्तरीय, नैतिकवान एवं योग्य जनशक्ति उत्पादन गर्ने तर्फ विश्वविद्यालयले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सरकारले १५ वटा क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा विस्तार गर्नेगरी ४ सय ४४ दरवन्दी समेत स्वीकृत गरीसकेका बताउदै उहाँले थप ६ वटा क्याम्पसलाई समेत आंगिक क्याम्पसका रुपमा विस्तार गर्न  सरकारले स्वीकृती प्रदान गर्ने जानकारी समेत दिनुयो ।

यस्तै दिक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले विभिन्न संकायबाट उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई पदक र पुरस्कार समेत प्रदान गर्नुभएको छ । भाइस चान्सलर पदक स्नातक तह अन्र्तगत बीबीए संकायबाट प्रतिभा भट्ट र स्नातकोत्तर तहबाट जानकी कुमारी विष्टले प्राप्त गर्नुभयो  भने चान्सलर पदक स्नातक तहकै बीबीए संकायबाट निरज थापा र स्नातकोत्तर तहबाट बिष्णुदत्त भट्टले प्राप्त गर्नुभयो ।

दीक्षान्त समारोहमा विश्वविद्यालयले वरिष्ठ नेत्र विशेषज्ञ डा. रामप्रसाद पोखरेललाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सभाले नेपालमा नेत्र चिकित्साको क्षेत्रमा विशीष्ट योगदान पु¥याएको भन्दै पोखरेललाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।


 


शनिबार २९, पुष २०७४ ०६:३० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस