Lamhe

09:15 PM - 10:00 PM

Monday, June 25 2018, 21:32 | सोमबार ११, असार २०७५ २१:३२
७ नम्बर प्रदेशका ४ गाँउपालिकाको नाम र केन्द्र हेरफेर

शनिबार, २९ पुष २०७४| Radio Dhangadhi
७ नम्बर प्रदेशका ४ गाँउपालिकाको नाम र केन्द्र हेरफेर

जनकसिह विष्ट 
धनगढी २९ पुष

सरकारले ७ नम्बर प्रदेशका ४ गाँउपालिकाको नाम र केन्द्र परिवर्तन गरेको छ  ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा र नगरसभाको सिफारिसमा सरकारले नाम हेरफेर गरी राजपत्रमा प्रकाशित गरिसकेको छ ।

जसमा बाजुराको हिमाली गाँउपालिकाको केन्द्र, पाण्डवगुफा गाँउपालिकाको नाम र केन्द्र दुवै , बझाङको काँडा गाँउपालिकाको नाम र दार्चुलाको नौँगाड गाँउपालिकाको केन्द्र मात्र परिवर्तन गरिएको छ  ।

बाजुराको हिमाली गाँउपालिकाको केन्द्र बाधु रहेकोमा त्यसलाई परिवर्तन गर्दै धुलाचौर कायम गरिएको छ ।

नाम र केन्द्र दुवै हेरफेर गरिएको पाण्डवगुफा गाँउपालिकाको नाम जगन्नाथ गाँउपालिका र केन्द्र  जुड्डी कायम गरिएको छ ।

यसअघि उक्त गाँउपालिकाको केन्द्र जगन्नाथ रहेको थियो । यस्तै बझाङको काँडा गाँउपालिकाको नाम परिवर्तन गरी शैपाल कायम गरिएको छ भने केन्द्र काँडा नै यथावथ राखिएको छ ।

दार्चुलाको नौगाड गाँउपालिकाको केन्द्र परिवर्तन गर्दै होपरीगाँड कायम गरिएको छ । यसअघि सो गाँउपालिकाको केन्द्र धुलिगडा थियो ।  


शनिबार २९, पुष २०७४ १२:३३ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस