---
Tuesday, December 11 2018, 02:23 | मङ्गलबार २५, मङि्सर २०७५ ०२:२३
लम्कीमा बस एक आपसमा ठोक्किदा १७ घाइते, ३ को अवस्था चिन्ताजनक

शनिबार, २९ पुष २०७४| Radio Dhangadhi
लम्कीमा बस एक आपसमा ठोक्किदा १७ घाइते, ३ को अवस्था चिन्ताजनक

एफएम संवाददाता 
धनगढी २९ पुष

कैलालीको लम्कीचुहा नगरपालिकामा आज बिहान दुई बस एक आपसमा ठोक्किदा १७ जना घाईते भएका छन । भने ३ जनाको अवस्था मध्यम रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक विरबहादुर बुढामगरले बाक्लो हुस्सुका कारण लम्कीचुहा नगरपालिका ६ को बुलरामा बिहान पौने ८ बजे दुर्घटना भएको बताउनुभयो ।

अत्तरियाबाट नारायणघाट जादै गरेको नारायणी यातायातको ना ७ ख २२६ र टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३  नम्बरको बस एक आपसमा ठोकिएको उहाँले जानकारी दिनुभयो ।

घाइते सबैको स्थानीइ लालरत्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये ३ जना, नवलपरासीको मध्यविन्दु नगरपालिकाका ३४ वर्षिय टिका जैसी, सोही स्थानका ३४ वर्षिय भुपेन्द्र महतो र कावासेती नगरपालिकाका ३० वर्षिय हिरामनी महतोको अवस्था मध्यम रहेको प्रहरी नायब उपरिक्षक बुढामगरले जानकारी दिनुभयो ।

घाइते तीनै जनालाई नेपालगञ्ज रेफर गरिएको छ ।    
 


शनिबार २९, पुष २०७४ ११:१५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस