Khabar Raftar

06:30 PM - 07:00 PM

Friday, June 22 2018, 18:44 | शुक्रबार ०८, असार २०७५ १८:४४
सुदुरपश्चिम खप्तड गोल्डकप : सेमीफाईनल समिकरण पुरा

मनाङ शानदार जितसँगै अन्तीम चारमा प्रवेश

शुक्रबार, २८ पुष २०७४| Hari Joshi
सुदुरपश्चिम खप्तड गोल्डकप :  सेमीफाईनल समिकरण पुरा

एफएम संवाददाता
धनगढी २८ पुस । सुदुरपश्चिम खप्तड गोल्डकपमा सेमीफाईनलको समिकरण पुरा भएको छ ।  आजको खेलमा अग्नि रुपन्देही ११ लाई फराकिलो अन्तरले पराजित गर्दै साविक विजेता मनाङ मस्र्याग्दी धनगढीमा भईरहेको नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालमा भएको अन्तिम क्वाटरफाईनलमा रुपन्देही ११ लाई ४–० ले पराजित गर्दै मनाङ अन्तीम चारमा पुगेको हो । यसपालीको गोल्डपकमा मनाङको जित नै सवैभन्दा फराकिलो जित हो । यसअघि थ्री स्टारले रमपम झापा ११ लाई ३–१ ले हराएको थियो । २० औँ मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० ले अगाडी रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पायो । छिरिङ गुरुङले वचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औं मिनेटमा आफ्नै पोष्टमा गोल भएपछि मनाङको अग्रता दोव्वर भयो । अधिकांश समय वल आफ्नो कव्जामा राखेको मनाङका लागि ८३ औ मिनेटमा विशाल राई र ८४ औ मिनेटमा विमल रानाले गाल गर्दै सानदार जितसँगै मनाङ अन्तिम चारमा पुगेको हो । 
आजको खेल सकिएसंगै सुदुरपश्चिम खप्तड गोल्डकपमा क्वाटरफाईनलको समिकरण पुरा भएको छ । सेमीफाईनलमा पुग्ने चार टिमको टुङगो लागेको छ । प्रतियोगीता अन्तरगत भोली मनाङ र आर्मी विच पहिलो सेमीफाईनल खेल हुनेछ दोस्रो सेमफिाईनलमा आइतवार सुदुरपश्चिम ११ र एपीएफ विच हुनेछ । 


जितपछि प्रतिक्रिया दिदै मनाङ मस्याङ्दीका प्रशिक्षक हेमन्त आलेले टीमको समन्वय भएकोले सानदार जित हासिल भएको भन्दै चिर परिचित प्रतिद्धन्द्धी भएका कारण रणनिति वनाउदा जित हात पारेको वताए । हामीले धेरै पटक विपक्षी टीमसँग खेलिसकेका छौं उनीहरुको रणनिति थाहा भएकोले त्यही अनुसार खेल्न सजिलो भयो उनले भने– अव सेमिफाईनलको खेल ५०÷५० प्रतिशत हो । विभागीय टीमलाई धेरै पटक हराईसकेकोले गोल्डकपमा पनि हराएर उपाधि जित्ने रणनिति वनाउनेछौं । 
अग्नि रुपन्देही ११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तीले गोल खाँदा हार व्यहोरेको वताए । आफ्नै गल्तीले सुरुमै गोल खाँदा दवावमा खेल्नु परेको र मौका पनि सदुपयोग गर्न सकेनौं उनले भने– पछि गोल फर्काउनतिर केन्द्रित हुँदा अझ गोल खानु पयो । 
सर्वाधीक धनराशाीको सुदुरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । 


शुक्रबार २८, पुष २०७४ ०८:३५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस