Nepali Khabar

05:30 AM - 06:00 AM

Thursday, December 13 2018, 05:52 | बिहिबार २७, मङि्सर २०७५ ०५:५२
इन्धनको खपत दोब्बरले बृद्धी, आयल निगममा भण्डारण गृहको अभाव

शुक्रबार, २८ पुष २०७४| Radio Dhangadhi
इन्धनको खपत दोब्बरले बृद्धी, आयल निगममा भण्डारण गृहको अभाव

एफएम संवाददाता 
धनगढी २८ पुस । चार बर्षको अवधीमा प्रदेश नम्बर ७ मा इन्धनको खपत झण्डै दोब्बरले बृद्धी भएको छ । आयल निगम सुदुरपश्चिम क्षेत्रिय कार्यालय धनगढीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०÷७१ मा  ७३ लाख ८ हजार लिटर पेट्रोल खपत भएको थियो । तर आर्थिक वर्ष  २०७३÷७४ मा १ करोड ३७ लाख ८४ हजार लिटर पेट्रोल खपत भएको छ । त्यस्तै डिजेलको खपत पनि झण्डै दोब्बरले बढेको छ । आर्थिक बर्ष २०७०÷७१ मा ३ करोड ९१ लाख ६८ हजार लिटर खपत भएको डिजेल २०७३÷७४ मा बढेर ६ करोड ४० लाख २८ हजार लिटर पुगेको निगमको तथ्यांकमा छ ।

बढ्दो सहरीकरण तथा खपतमुखी अर्थतन्त्रका कारण इन्धनको माग दैनिक बढ्दै गएको आयल निगमले जनाएको छ । त्यस्तै निर्माण कार्यहरु बढिरहेकाले इन्धनको माग बढेको नेपाल आयल निगम शुदुरपश्चिम क्षेत्रिय कार्यालय धनगढीका निमित्त प्रमुख शिवराज भण्डारीले बताउनुभयो ।     

बढ्दो सहरीकरण तथा खपतमुखी अर्थतन्त्रका कारण इन्धनको माग दैनिक बढ्दै गएको आयल निगमले जनाएको छ । त्यस्तै निर्माण कार्यहरु बढिरहेकाले इन्धनको माग बढेको नेपाल आयल निगम शुदुरपश्चिम क्षेत्रिय कार्यालय धनगढीका निमित्त प्रमुख शिव राज भण्डारीले बताउनुभयो ।        
आर्थिक बर्ष २०७१÷७२ सम्म इन्धन खपतमा थोरै बृद्धी भएपनि २०७२÷७३ देखी इन्धन खपतमा धेरै बृद्धी भएको हो ।    इन्धनको माग बर्र्सेिन बढ्दै गएकाले भण्डारण विस्तार नभए ठूलो चुनौती थपिने क्षेत्रिय आयल निगमको दाबी छ ।  

आयल निगम शुदुरपश्चिम क्षेत्रिय कार्यालय डिपोमा अहिले १५ लाख लिटर सम्म मात्र भण्डारण गर्नसक्ने क्षमता छ । सो इन्धनले एक साता पनि नधान्ने भएकाले  भण्डारण क्षमतामा बृद्धि गर्नुपर्ने आयल निगम शुदुरपश्चिम क्षेत्रिय कार्यालयका निमित्त क्षेत्रिय प्रमुख शिव राज भण्डारीले बताउनुभयो । भण्डारण क्षमताको अभावमा आयात गर्ने बित्तिकै बिक्री गर्नुपर्ने बाध्यता रहीआएको छ ।

 इन्धन ल्याउन ट्याङ्करको कमी र बृहत भण्डारण गृह नभएकाले पर्याप्त इन्धन ल्याउन नसकिएको निमित्त क्षेत्रिय प्रमुख भण्डारीले बताउनुभयो । 

त्यस्तै उहाँले ट्याङकर थप्न पहल भइरहेको पनि जानकारी दिनुभयो । नेपाल आयल निगम क्षेत्रिय कार्यालय धनगढीले ७ नम्बर प्रदेशका ९ वटै जिल्लामा पेट्रोलियम पदार्थको आपुर्ती गर्दै आएको छ । 
 


शुक्रबार २८, पुष २०७४ ०७:४७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस