Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:56 | बुधबार ०३, माघ २०७४ ०८:५६
बैतडीमा तीनवटा सडक कालोपत्र गर्न थालियो

शुक्रबार, २८ पुष २०७४| Radio Dhangadhi
बैतडीमा तीनवटा सडक कालोपत्र गर्न थालियो

एफएम संवाददाता
पुष २८ बैतडी

बैतडीमा चालू आर्थिक वर्षमा तीनवटा सडकमा कालोपत्र गर्न थालिएको छ । जिल्लाको पाटन–पञ्चेश्वर, उग्रतारा मेलौली, सिल्लेगाडा–कटौजपानी सडक कालोपत्रका लागि ठेक्का सम्झौता भई कालोपत्र गर्ने कार्य शुरु भएको डिभिजन सडक कार्यालयका सवइन्जिनियर धर्मराज भट्टराईले जानकारी दिनुभयो ।

पाटन–पञ्चेश्वर सडकअन्तर्गत स्याडीगाडदेखि मेलौलीसम्मको सडक कालेपत्र हुने भएको छ । यस्तै उग्रतारा मेलौली सडकको आठ किमी सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ भने सिल्लेगडा कटौजपानी सडकको आठ किमीसम्म कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भई काम अघि बढेको छ ।

ती सडकमा गत आवमै बजेट विनिनियोजन भएकाले कालोपत्र गर्ने काम भइरहेको हो  । पछिल्लो समयमा ग्रामीण क्षेत्रमा पनि सडकको पहुँच बढेपनि सडक धुलाम्य हुँदा केही सास्ती भोग्नु परिरहेको छ ।  


शुक्रबार २८, पुष २०७४ ०७:३५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस