---
Tuesday, December 11 2018, 02:18 | मङ्गलबार २५, मङि्सर २०७५ ०२:१८
प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा फेरि सहमति खोज्छु : देउवा

शुक्रबार, २८ पुष २०७४| Radio Dhangadhi
प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा फेरि सहमति खोज्छु : देउवा

दिनेश ठकुल्ला
धनगढी, २८ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी राजधानी कहां बनाउने भन्ने विषयमा दलहरु बीच सहमति खोज्ने प्रयास गरिरहेको वताउनु भएको छ ।  

सुदुरपश्चिम विश्व विद्यालयको दिक्षान्त समारोहका लागी महेन्द्रनगर जाने क्रममा शुक्रवार धनगढी विमान स्थलमा पत्रकार संग सक्षिप्त कुरा गदै प्रधानमन्त्री देउवाले सहमति खोज्ने प्रयास आफुले गरिरहेको भएपनि सहमति जुट्ने सम्भावना भने न्युन रहेको बताउनुभयो ।

उहांले काठमाडौं फर्केर आफुले यी बिषयमा पुनःसहमति जुटाउन पहल गर्ने र सहमति जुट्न नसके सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जानकारी दिनु भयो ।
प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाको चुनाव गराएर मात्र सरकार छोड्नु पर्ने परिस्थितिका कारण आफ्नो नेतृत्वको सरकार छोड्नमा ढिलाइ भएको स्पष्ट पार्नु भयो । उहाले आफु जतिसक्दो चाडो सरकार छोडन तयार रहेको  समेत बताउनुभयो । 

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले सरकारवाट बाहिरिएपछि कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनु भयो । पत्रकारको जिज्ञासामा देउवाले मुद्धापरेपनि निर्माणाधिन मोहनापुल अत्तरीया छ लेन सडक अवरुद्ध नहुने स्पष्ट्र पार्नुभयो ।

प्रधानमन्त्री देउवा, उप प्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ शुक्रवार कञ्चनपुर तर्फ जानु भएको छ ।

शनिवार देउवा महेन्द्रनगरमा सुदुरपश्चिम विश्व विद्यालयको दिक्षान्त समारोहका सहभागि हुनुहुने छ भने आईतवार पौष ३० गते देउवाले गोदावरी धाममा सुरु हुन लागेको बाह्रराशि मकर मेलाको उद्घाटनपछि काठमाण्डौ फर्कने कार्य तालिका रहेको छ । 
 


शुक्रबार २८, पुष २०७४ ०७:१७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस