Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:43 | बुधबार ०३, माघ २०७४ ०८:४३
आंगिक क्याम्पसका लागि सुप विश्वविद्यालयले थालेको प्रक्रिया हतारो मात्र

शुक्रबार, २८ पुष २०७४| Radio Dhangadhi
आंगिक क्याम्पसका लागि सुप विश्वविद्यालयले थालेको प्रक्रिया हतारो मात्र

जनकसिंह बिष्ट
पुष २८ धनगढी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आंगिक विस्तारका लागि थालेको प्रक्रिया हतारो मात्र भएको बताएका छन् । 
त्यस्तै उनीहरुले आंगिक बन्न चाहाने त्रिवि मातहतका क्याम्पसले पनि विद्यार्थीको भविष्यलाई ध्यानमा राख्नुपर्ने बताएका छन् । 

त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बन्दा गम्भीर नभएमा त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य अन्यौलमा पर्न सक्ने बुझाई उनीहरुको रहेको छ । 

त्रिवि मातहतका क्याम्पसलाई आंगिक बनाउन लागेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पनि त्रिविले नै सञ्चालन गरिरहेका कार्यक्रम र पाठ्यक्रम परिमार्जन गरेर अध्यापन गराउनु नयाँ विश्वविद्यालय नभएको भन्दै त्रिविप्रतीको सरकारीको दृष्टिकोण के हो भन्ने कुरा समेत चाल नपाएको बताएका छन् । 

त्रिवि मातहतका १५ वटा क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसको रुपमा विस्तार गर्न लागेको विषयमा प्रतिक्रिया दिदै त्रिविका पदाधिकारीले आंगिक बन्न चाहाने र बनाउने दुवै पक्षले विद्यार्थीको भविष्यप्रती गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् । 

नभए त्यसले त्रिवि मातहतका क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीको भविष्यमा संकट आउने विश्लेषण उनीहरुको छ । आंगिक क्याम्पस बन्दा आवश्यक कानुनी प्रक्रिया सम्बन्धीत क्याम्पसहरुले नपु¥याएमा विद्यार्थी विचल्लीमा पर्न सक्ने  त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार तथा प्राध्यापक दिल्लीराम उप्रतीले बताउनुभयो ।

यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थ खनियाले सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा जाने तयारीमा रहेका त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरुलाई पुर्ण सहयोग रहने तर नागरीकलाई राम्रो सेवा दिनुपर्ने बताउनुभयो ।

 उता, त्रिभुवन विश्वविद्यालयकी शिक्षा अध्यक्ष शुदा त्रिपाठीले त्रिवि प्रतीको सरकारको दृष्टिकोण के भन्ने कुराको नै चाल नपाएको भन्दै, त्रिविकै पाठ्यक्रम कपी पेष्ट गरेर अध्यापन थालेका विश्वविद्याय नयाँ नै नभएको बताउनुभएको छ । त्रिविकै पाठ्यक्रम, कर्मचारी लगेर विश्वविद्यालय सञ्चालन गरी नयाँ भन्ने गलत भएको उहाँको ठहर छ । नयाँ खोलिएका विश्वविद्यालयले नयाँपनका साथ शैक्षिक गतिविधी सञ्चालन गर्नसक्नुपर्ने उहाँले बताउनुभयो ।

तर सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो पाठ्यक्रम नै नबनाईकन अन्य क्याम्पसलाई आंगिक क्याम्पस बनाउने कुरा हतारो मात्र भएकाले यसले ठोस उपलब्धी दिन नसक्ने बुझाई त्रिविका पदाधिकारीको रहेको पाईन्छ ।

सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले यसअघि नै त्रिवि मातहतका प्रदेश नम्बर ७ का १५ क्याम्पसलाई आंगिक बनाउने तयारी थालिसकेको छ । त्यसका लागि केही महिना अगाडी मात्र विश्वविद्यालयले प्रस्ताव गरेका ४ सय ४४ दरबन्दी स्वीकृत गरेको थियो ।     
 


शुक्रबार २८, पुष २०७४ ०७:१५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस