Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:54 | बुधबार ०३, माघ २०७४ ०८:५४
मानव अधिकार उल्लङघनका ८ घटना दर्ता

मानव अधिकार उल्लङघनका घटना बढ्दै

शुक्रबार, २८ पुष २०७४| Radio Dhangadhi
मानव अधिकार उल्लङघनका ८ घटना दर्ता

हरि भट्ट
पुष २७ धनगढी

चालु आर्थिक वर्षको हाल सम्म ७ नम्बर प्रदेशमा मानव अधिकार उल्लङघनका ८ वटा घटना बाहिर आएका छन् ।

मानव अधिकार आयोग क्षेत्रिय कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको हाल सम्म ७ नम्बर प्रदेशमा मानव अधिकार उल्लङघन सम्बन्धीका  ८ वटा घटना दर्ता भएका हुन् । जसमा यातना सम्बन्धि, महिला, बालबालिका, स्वास्थ्य सम्बन्धि उजुरि दर्ता भएको जनाइएको छ । तर गत आर्थिक वर्षमा ७ नम्बर प्रदेशमा मानव अधिकार उल्लङघन सम्बन्धीका २० घटना मात्र मानव अधिकार आयोगको क्षेत्रिय कार्यालयमा दर्ता भएका थिए ।

पछिल्ला समयमा प्रदेश नम्बर ७ मा महिला हिंसा, बालबालिका सम्बन्धि, आर्थिक सामाजिक तथा सास्कृति, स्वास्थ्यको उपचार नपाएको, खाद्य अधिकार, उपभोत्ता अधिकार, आपरवासि कामदार, नेपाल सरकारबाट पाउने सेवासुविधा स्तानिय स्तरमा नपाएको तथा विभिन्न समुहबाट भएका यातना सम्बन्धिका उजुरि आउने गरेको राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय धनगढीका मानव अधिकार अधिकृत पवन कुमार भट्टले बताउनुभयो ।

राज्य पक्षबाट पनि मानव अधिकार उल्लङघनका घटना भएको देखिएको उहाँको भनाई छ । त्यस्ता घटनाको हकमा मानव अधिकार आयोगले नदोह्याउन आग्रह गर्दा पनि त्यसमा राज्य पक्षले नै वेवास्ता गनेै गरेको मानव अधिकारकर्मीले बताएका छन् । जसले गर्दा दिन प्रतिदिन दण्डहिनता बढ्दै गएको भन्दै उनीहरुले बेला बखत चिन्ता जनाउने गरेका छन् ।

धेरै घटनामा पीडितले क्षतिपुर्ती पाउने गरेपनि पीडिकले उन्भुक्ति पाउने प्रवृत्ति हावि बन्दै गएको बुझाई मानव अधिकार अधिकृत पवन कुमार भट्टको रहेको छ ।  पीडकलाई कारबाहि गर्ने पाटो कार्यन्वयन नभए, समाजमा दिनप्रतिदिन मानव अधिकार उल्लङघनका घटना बढ्दै जाने भट्टले बताउनुभयो । 
 


शुक्रबार २८, पुष २०७४ ०६:४९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस