Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:48 | बुधबार ०३, माघ २०७४ ०८:४८
सडकको चौडाई घटाउने चलखेल विरुद्ध दृष्टिवीहिन युवाको अगुवाईमा प्रर्दशन

विकास विरोधीलाई पाखा लगाउन एकजुट हुन अपिल !

शुक्रबार, २८ पुष २०७४| Radio Dhangadhi
सडकको चौडाई घटाउने चलखेल विरुद्ध दृष्टिवीहिन युवाको अगुवाईमा प्रर्दशन

जनकसिह विष्ट 
धनगढी २८ पुष 

निर्माणाधीन मोहनापुल अत्तरिया ६ लेन सडकको चौडाई घटाउन भइरहेको सामुहिक चलखेल विरुद्ध धनगढीका दृष्टिवीहिन युवाको अगुवाईमा प्रर्दशन गरिएको छ ।

दृष्टिवीहिन युवा अर्जुन रावलको नेतृत्वमा गठित विकास, सुशासन र समृद्धिका लागि युवा दबाब समुहले आज धनगढीमा ६ लेन सडकको चौडाई घटाउन भइरहेको प्रयास विरुद्ध नाराबाजी सहित प्रर्दशन गरेको हो ।

दबाब कार्यक्रममा सहभागि युवाहरु सडकको चौडाई घटाउन तथा क्षतीपुर्तीको माग गर्दै सर्वोच्च पुगेका १३ जना विरुघ मात्र खनिएनन् उनीहरुले १३ जनालाई प्रयोग गर्ने वास्तविक हिरोहरु अरु नै भएको भन्दै होसियार रहन चेतावनी समेत दिएका  छन् ।

७ नम्बर प्रदेशको विकास र समृद्धिसँग जोडिएको मोहनापुल अत्तरीया ६ लेन सडक निर्माणमा आसपासका संरचना नहटाई अवरोध सिर्जना गरी सर्वोच्च अदालत पुगेकाहरु विरुद्ध यसक्षेत्रका कुनै पनि पक्षले मुख नखोलेका बेला दृष्टिवीहिन अर्जुन रावलको नेतृत्वमा गठित युवा दबाब समुह सडकमा उत्रिएको हो ।

विकास विरोधी होसियार, ६ लेन सडकको चौडाई घटाउन पाईदैन, विकासका लागि सम्पुर्ण नगरवासी एक हौँ लगायतका नारा सहित शुक्रबार धनगढीमा प्रर्दशन गरेका हुन् ।

प्रर्दशनपछि धनगढी चौराहामा आयोजित कोण सभालाई सम्बोधन गर्दै दबाब समुहका नेतृत्वकता एव्म दृष्टिवीहिन अर्जुन रावलले १३ घरधनीले सडकको चौडाई घटाउन सर्वोच्च अदालतमा मुद्धा हालेपनि मुख्य हिरोहरु अरु नै भएकाले तीनका विरुद्ध आफुहरुको खवरदारी भएको बताउनुभयो ।

 साथै रावलले सडकको चौडाई घटाउने चलखेल बन्द गर्न एव्म धनगढीको विकासका लागि आफु दृष्टिवीहिन भएपनि संघर्षरत रहने भन्दै त्यसमा सबैको सर्मथन र सहयोगको आवश्यता रहेको प्रतिक्रिया प्रस्तुत गर्नुभयो ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै अर्का दृष्टिवीहिन नैनसुक राना र युवा विमल नेपालीले साढे ८२ फिटको ६ लेन सडकलाई ७५ फिटमा झार्न खोजिएको आवाज सुनिएकाले तीनलाई बन्द गर्न एव्म विकास विरोधीलाई सुझाव दिन दबाब कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

निर्माणधिन मोहनापुल अत्तरिया ६ लेन सडक आसपासका संरचना भत्काउन अटेरी गरिरहेका १३ जना घरधनीले सर्वोच्च अदालतमा पौष २० गते सडकको चौडाई ७५ फिट कायम गरिनुपर्ने, निर्माणका क्रममा भत्काईने संरचनाको क्षतिपुर्तीको माग गर्दै पौष २० गते सर्वोच्च अदालतमा रीट दायर गरेका थिए ।

मोहनापुल अत्तरिया सडक आयोजना सहितका ९ कार्यालयलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदन माथी छलफल गर्न सर्वोच्चले २६ गते बोलाएको भएपनि विशेष कारणवश त्यसलाई सारेर माघ २ गते बोलाइएको छ ।

१३ जना घरधनीले चालेको चालेको त्यो कदमप्रती यसक्षेत्रका निस्थानीय जनप्रतिनिधी देखी लिएर सम्बद्ध अन्य पक्षले समेत अहिले सम्म मुख खोलेका छैैनन् ।

यो स्थितीमा दृष्टिवीहिन युवाहरुले नेतृत्व गर्दै युवा दबाब समुह गठन गरेर सडकमा उत्रिनु अत्यन्तै सम्मान योग्य काम भएको भन्दै धेरैले उनीहरुको यो अभियानलाई विकासप्रेमीहरुले साथ दिनुपर्ने बताएका छन् ।  
 


शुक्रबार २८, पुष २०७४ ०६:४७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस