BBC Nepali

08:45 PM - 09:15 PM

Monday, June 25 2018, 21:13 | सोमबार ११, असार २०७५ २१:१३
तटबन्ध निर्माण गर्न ११ करोड रुपैया अख्तियारी, कार्यान्वयन सुस्त

उपभोक्ता समिति समेत बनेनन

शुक्रबार, २८ पुष २०७४| Radio Dhangadhi
तटबन्ध निर्माण गर्न ११ करोड रुपैया अख्तियारी, कार्यान्वयन सुस्त

दिनेश ठकुल्ला
पुष २७ धनगढी

कैलालीका विभिन्न नदीले गर्ने कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न करिव ११ करोड रुपैया अख्तियारी प्राप्त भएपनि कार्यान्वयन भने सुस्त देखिएको छ ।

अख्तियारी प्राप्त भएको छ महिनामा उपभोक्ता समिति समेत बन्न सकेका छैनन । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय धनगढीले अख्तियारी पाएको पाच महिनापछि मात्रै उपभोक्ता समिति गठन गर्न भनि स्थानीय तहलाई पत्र पठाएको थियो । कार्यालयले पत्र पठाएको एक महिनासम्म पनि स्थानीय तहले उपभोक्ता समिति गठन गर्न नसकेका हुन ।

स्थानीय तहले उपभोक्ता समिति गठन गर्न ढिलाई गरिरहेका बेला जल उत्पन्न प्रकोप कार्यालयले पनि उपभोक्ता समिति चाडो गठन गर्नका लागि तत्परता देखाएको छैन । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय धनगढीका अनुसार चालु अर्थिक वर्षमा जिल्लाका नौ नदीमा तटबन्ध निर्माण तथा अन्य तिन योजनामा १० करोड ९२ लाख ७९ हजार रुपैया प्राप्त भएको छ ।

मझौला नदी नियन्त्रण कार्यक्रम अन्तर्गत शिवगगा, गौरीगगा, गोदावरी, टुडेला, लिक्मा, कतैनी, चोरी खोला नदी नियन्त्रणका लागि ५५ लाख रुपैयाका दरले बजेट छुटयाईएको छ । त्यस्तै, मझौला नदी नियन्त्रण कार्यक्रम अन्तर्गत कान्द्रा नदी नियन्त्रणका लागि ३० लाख, काडा नदी नियन्त्रणका लागि २९ लाख ८९ हजार गरि चार करोड ३९ लाख ८९ हजार रकम विनियोजना गरिएको छ ।

तर, चालु आर्थिक वर्षमा सम्पन्न नगरेमा बजेट फ्रिज जाने ति नदी नियन्त्रणका योजनाको कार्य सुरु हुन सकेको छैन । चालु आर्थिक वर्षको हालसम्ममा उपभोक्ता समिति पनि गठन हुन नसकेको जल उत्पन्न प्रकोप कार्यालयका ईन्जिनियर विष्णु देव चौधरीले बताउनुभयो । चालु आर्थिक वर्षको छ महिनासम्ममा उपभोक्ता समिति समेत गठन गराउन नसकेको जल उत्पन्न प्रकोप कार्यालय भने विभिन्न बाहाना लगाउने योजना कार्यान्वयनमा ढिलाई भईरहेको बताउदै आएको छ ।

 ढिलो गरि कार्यक्रम केन्द्रबाट आएको र त्यसपछि मसिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभा चुनावको निर्वाचन निर्वाचन आचार सहिता लागेको कारण योजना कार्यान्वयमा ढिलाई भएको ईन्जिनियर चौधरीले स्वृकार्नुभयो । मझौला नदी नियन्त्रण कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा सञ्चालन गर्नुपर्ने योजनाहरुको  कार्यान्वयमा ढिलाई भईरहेका बेला हाल काम सुरु भईरहेका योजनाको निर्माण कार्य पनि सुस्त रहेको पाईएको छ । तराई मधेस बाढी तथा बस्ती सरक्षण कार्यक्रम अन्तर्गत तिन करोडको लागतमा तटबन्ध निर्माण भईरहेको कान्द्रा नदीमा पनि कार्य सुस्त रहेको कार्यालयले जनाएको छ ।

सदरमुकाम धनगढी बचाउ कार्यक्रम अन्तर्गत एक करोड २० लाख रुपैयाको लागतमा निर्माण भईरहेको तटबन्ध र राष्ट्रपति तराई चुरे मधेस विकाश समिति अन्तर्गत टुडेला नदीमा निर्माण भईरहेको तटबन्धको कार्य पनि सन्तोषजनक नरहेको बताईएको छ ।

मझौला नदी नियन्त्रण कार्यक्रम अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरु स्थानीय तहले निमाृण गर्ने उपभोक्ता समिति गठन गर्ने भएका कारण योजना समयमै सम्पन्न गर्नका लागि स्थानीय तहले पनि तदारुकता देखाउनुपर्ने कतिपयको भनाई छ ।

कैलालीमा वर्षेनि सयौ घरपरिवार वाढीका कारण विस्तापित हुने गरेका छन भने कतिपयको ज्यान समेत जाने गरेको छ । यसका साथै सयौ विघा खेतीयोग्य जमिन समेत नदीले कटान गर्दै आएको छ । तरपनि सम्बन्धित निकायले कार्यान्वयमा ध्यान नदिदा वर्षेनि नदी नियन्त्रणका लागि आएको लाखौ बजेट फ्रिज जाने गरेको छ । 


शुक्रबार २८, पुष २०७४ ०६:३९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस