BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:21 | शुक्रबार ०५, असोज २०७५ १६:२१
छ लेन सडक विरुद्ध परेको रिटको सुनुवाई स्थगित, माघ २ गते लागि स¥यो

बिहिबार, २७ पुष २०७४| Admin
छ लेन सडक विरुद्ध परेको रिटको सुनुवाई स्थगित, माघ २ गते लागि स¥यो

जनक विष्ट
धनगढी, २७ पौष । 
निर्माणधिन मोहनापुल अत्तरिया ६ लेन सडक आसपासका संरचना भत्काउन अटेरी गरिरहेका घरधनीहरुले सर्वोच्च अदालतमा दायर गरेको रीट निवेदन माथी बुधवार सुनवाइ गर्ने कार्य तालिका रहेपनि त्यो स्थगीत भएको छ । 
डाक्टर गोविन्द केसीको अदालतको अपहेलना सम्बन्धीको मुद्धाको सुनवाईका लागि सर्वोच्च अदालतको फुल बेन्च बसेकाले उसले सो विषयमा सुनवाइका लागि विपक्षी कार्यालयको बैठक नबसीकन सुनवाई सरेको हो । 
मोहना पुल अत्तरिया ६ लेन सडक आयोजनाका प्रमुख मनिश कुमार शाहले संरचना भत्काउन अटेरी गरिरहेका १३ घरधनीले सडक आयोजना कार्यालय सहितका ९ कार्यालयलाई विपक्षी बनाई दायर गरेको रीटका विषयमा छलफल गर्न बुधवार बोलाइएको भएपनि सर्वोच्चको फुल बेन्च बसेकाले अर्को दिनलाई सरेको जानकारी दिनुभयो । 
सर्वोच्चले माघ २ गतेका लागि सुनुवाई सारेको जानकारी दिनुभयो । सडक आसपासका संरचना भत्काउन अटेरी गरिरहेका १३  घरधनीहरुले आवश्यक क्षतीपुर्ती र सडकको चौडाई घटाउन माग गर्दै मोहना पुल अत्तरीया सडक आयोजना सहितका ९ कार्यालय विरुद्ध पौष २० गते सर्वोच्चमा रीट दायर गरेका थिए । 
सोही रिट निवेदनका आधारमा सर्वोच्च अदालतले मोहनापुल अत्तरिया ६ लेन आयोजनालाई तत्कालन संरचना हटाउने काम नगर्न पौष २१ गते आदेश दिएको थियो । 
२०६१ साल सडक ७५ फिटको कायम हुने तत्कालीन नगरपालिकासँग सहमति भएको र उपमहानगरपालिकाले त्यस समयमा तोकेको सीमाना अनुसारकै संरचना वनाएकोले सडकको चौडाई घटाउनुपर्ने माग घरधनीहरुको छ ।   
 


बिहिबार २७, पुष २०७४ ११:३७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस