New Dohori songs

04:00 PM - 05:00 PM

Sunday, July 22 2018, 16:03 | आइतबार ०६, साउन २०७५ १६:०३
पुनर्वास घटनाको १० महिना : नाका सहज तर, सुचारु भएन

बिहिबार, २७ पुष २०७४| Dinesh Thakulla
पुनर्वास घटनाको १० महिना : नाका सहज तर, सुचारु भएन

दिनेश ठकुल्ला
धनगढी, २७ पौष । 
कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजारमा एसएसविको गोली लागेर सहिद गोविन्द गौतमको मृत्युभएको दश महिना पुगेको छ । उक्त घटनापछि उक्त नाका सहज त बनेको छ, तर, अझै सुचारु हुन सकेको छैन । 
उक्त नाका सुचारु हुन नसक्दा मारमा परेको भन्दै नेपाल र भारतका व्यापारीहरुले सिमा विवाद अन्त्य गरेर तत्काल नाका सुचारु हुनुपर्नेमा जोड दिएका छन । 
सो क्षेत्रका विजयी सासदहरुले पनि नाका सुचारुका लागि तत्काल पहल गर्ने बताएका छन । 
गत फागुन २६ गते नेपाल भारतको सिमा क्षेत्र कञ्चनपुरको पुनर्वास नगरपालिकाको आनन्द बजार नजिक कल्र्भट निर्माणको विषयमा विवाद हुदा एसएसविको गोली लागेर सहिद गोविन्द गौतमको ज्यान गएको थियो । 
उक्त घटना भएको १० महिना पुगिसकेको छ । तर, नाका भने सुचारु हुन सकेको छैन । जसका कारण उक्त क्षेत्रका व्यापारीहरु मारमा परेका छन । 
उनीहरुले सिमा विवाद सदाका लागि अत्य गर्दै तत्काल नाका सुचारु गर्नुपर्ने पुनर्वासका स्थानीय स्थानीय शेर मगर र व्यापारी टिका मगरले बताउनुभयो । 
पुनर्वास घटनापछि नाका बन्द हुदा नेपालको आनन्द बजार र भारतको बसही बजार सुनसान जस्तै बनेका छन । 
आनन्द बजारका करिव ५० तथा बसही बजारका २ सय ५० व्यापारीले नाका सहज हुने आशमा १० महिना विताए । तरपनि अझै नाका सुचारु हुन नसक्दा उनीहरु निराशा भएका छन । 
नहुनुपर्ने घटना भएपनि आगामी दिनमा त्यस्ता घटना नदोहोरिनका लागि सिमा विवाद समाधान गरेर अगाढी बढनुपर्ने तर्क भारतीय व्यापारीहरुको छ । 
बुधबार विहान करिव १० बजेतिर कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सासद तथा एमाले कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङ पुग्दा पनि उक्त नाकामा सुनसान थियो । 
भारतीय व्यापारीसग नाका सुचारु गर्ने विषयमा कुराकानी गर्न बसही पुग्नुभएका तामाङले पनि गाडीलाई बसही बजारभन्दा करिव दुई किलोमिटरको दुरीमा रहेको नेपालको आनन्द बजारमै राख्नुपर्ने बाध्यता भयो । कारण नाका बन्द हुनु । 
भारतीय व्यापारी र नेपाली व्यापारीसग नाका सुचारुबारे कुराकानी गर्दा उनीहरुले सासद तामाङलाई तत्काल नाका सुचारु गरिदिन आग्रह गरेका थिए ।  
तामाङले पनि प्रहरी प्रशासनसग समन्वय गरेर नाका खुलाउनका लागि पहल गर्ने आश्वासन दिनुभयो । 
 


बिहिबार २७, पुष २०७४ ११:२४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस