Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:38 | बुधबार ०३, माघ २०७४ ०८:३८
थारु बस्तीमा माघीको रौनक सुरु

बुधबार, २६ पुष २०७४| Radio Dhangadhi
थारु बस्तीमा माघीको रौनक सुरु

एफएम संवाददाता
पुष २६ कैलाली

पश्चिम नेपालका थारु बस्तीमा माघीको रौनक सुरु भएको छ । थारु समुदायको महान पर्व माघी नजिकिएसँगै कैलाली, कञ्चनपुरका थारु समुदायका बस्तीमा माघी पर्वको रौनक सुरु भएको हो ।

 माघीका लागि दुना, टपरी बनाउनेदेखि मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा थारु समुदायका घरमूलीहरु जुटिसकेका छन् । माघी पर्व थारु समुदायको प्रमुख चाड हो । यसलाई थारु समुदायले नयाँ वर्षको रुपमा समेत मनाउने चलन छ ।

तीन दिनसम्म धुमधामका साथ मनाइने माघी पर्वमा मिठो खाने, राम्रो लगाउने र नाचगान गर्ने चलन पनि रहेको छ । माघीमा थारू जातिको मौलिक पकवान ढिक्री, मासु, जाँडलगायतका परिकार खाने र खुवाउने चलन रहेको छ ।

माघीकै अवसरमा कैलालीका विभिन्न स्थानमा माघी विशेष कार्यक्रम र माघी महोत्सवको पनि आयोजना गर्ने तयारी गरीरहेका छन् ।

थारु समुदायले माघीकै अवसरमा बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने गर्छन् । यसरी बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना पारिवारिक र गाउँस्तरमै बनाइने चलन छ । 


बुधबार २६, पुष २०७४ ०६:४० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस