Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:44 | बुधबार ०३, माघ २०७४ ०८:४४
६ महिनाको अवधीमा झन्डै १७ सय स्मार्ट लाइसेन्स वितरण

अनलाईन प्रणाली मार्फत आवेदन लिने व्यवस्था गरिदै

बुधबार, २६ पुष २०७४| Hari Bhatta
६ महिनाको अवधीमा झन्डै १७ सय स्मार्ट लाइसेन्स वितरण

हरि भट्ट
पुष २६ धनगढी

सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले ६ महिनामा १ हजार ६ सय ९० जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखी स्मार्ट लाइसेन्स वितरण थालिएकोमा हाल सम्म १ हजार ६ सय ९० स्मार्ट लाइसेन्स वितरण गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

पुरानो लाइसेन्स नविकरण गर्नेलाई स्मार्ट लाइसेन्स वितरण गरिदै आएपनि नयाँ लाइसेन्सको हकमा भने अझै स्मार्ट लाइसेन्स वितरण नथालिएको तर निकट भविष्यमा उक्त काम थालिने सेती यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुसालले बताउनुभयो ।

यस्तै, यातायात व्यवस्था कार्यालयले अटो रिक्साका हकमा पनि लाइसेन्स वितरण थालिसकेको जनाएको छ । भने विद्युतीय रिक्साको हकमा त्यो व्यवस्था लागु नभएपनि केही समय पछि सो प्रक्रिया पनि सुरु गर्ने तयारी रहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

यसैबिच, नयाँ लाइसेन्सका पनि चाडै अनलाईन मार्फत फारम भर्ने व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।     
 


बुधबार २६, पुष २०७४ ११:५० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस