Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:44 | बुधबार ०३, माघ २०७४ ०८:४४
दश जना जग्गा धनीले मुआब्जा रकम नबुझ्दा धनगढी विमानस्थल स्तरोन्नतिको काम प्रभावित

बाक्लो हुस्सुका कारण हवाई उडान अवरुद्ध

मङ्गलबार, २५ पुष २०७४| Dinesh Thakulla
दश जना जग्गा धनीले मुआब्जा रकम नबुझ्दा धनगढी विमानस्थल स्तरोन्नतिको काम प्रभावित

दिनेश ठकुल्ला
पौष २५, धनगढी । 
बाक्लो हुस्सुका कारण लगातार तिन दिनदेखि धनगढी विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । भिओआर डिएमई नामक उपकरणको अभावमा सामान्य हुस्सुमा पनि धनगढी विमानस्थलमा उडान हुन सकेको छैन । 
उक्त मेसिन जडान गर्ने तयारी विमानस्थलले गरेपनि जग्गा अधिग्रहण गरेको मुआब्जा रकम जग्गा धनगढीले नबुझेपछि समस्या भएको बताईएको छ । जसका कारण दैनिक छ सय भन्दा बढी यात्रुलेहवाई धनगढी विमानस्थल हुदै हवाई यात्रा गर्न पाएका छैनन । 
धनगढी विमानस्थलका अनुसार पौष महिनामा सोमबार सम्ममा ७ दिन हुस्सुका कारण हवाई सेवा अवरुद्ध भएको छ भने पछिल्ला ३ दिन लगायत उडान प्रभावित भईरहेको छ । 
पौष २२ देखि सोमबारसम्म कुनै पनि उडान हुन सकेका छैनन । उडान हुनका लागि ग्राउण्ड भिजिविलिटि पाच किलोमिटर र सिलिङ १५ सय फिट आवश्यक पर्छ । 
तर, हुस्सुका कारण भिजिविलिटि नपुग्दा पौष महिनामा ७ दिन तथा पछिल्ला तिन दिन लगायत हवाई उडान अवरुद्ध भएको धनगढी विमानस्थल प्रमुख छविसिह ठकुल्लाले बताउनुभयो । 
हुस्सुका कारण पछिल्ला दिनहरुमा नियमित उडान स्थगित हुनथालेपछि यात्रुहरु मारमा परेका छन । दैनिक छ सय भन्दा बढी यात्रु आवात जावत गर्ने धनगढी विमानस्थलमा हवाई सेवा प्रभावित हुदा यात्रुहरु मर्कामा परेका छन । 
दैनिक हुस्सुका कारण विमानस्थल पुगेर फर्किनुपरिरहेको यात्रुहरुको गुनासो छ भने धनगढीमा होटलमा बस्दा आर्थिक भार समेत थपिएको उनीहरु बताउछन । 
विमानस्थलका अनुसार भिओआर डिएमई अर्थात जहाजलाई दिशा निर्देश गर्ने र विमानस्थलेदखि जहाज सम्मको दुरी बताउने मेसिन जडान भएमा हुस्सुमा पनि उडान गर्न सकिन्छ । 
विमानस्थलको स्तरोन्नती गर्दै उक्त मेसिन जडान गर्नका लागि केन्द्रबाट रकम निकासा भएपनि सम्बन्धित जग्गा धनगढीले मुआब्जा रकम नबुझिदिदा विमानस्थल स्तरोन्नतीमा पनि समस्या भएको छ । 
नेताको पावर र शक्तिको आडमा जग्गाको मुल्य कम भएको भन्दै यादव प्रसाद जोशी र जय बहादुर भण्डारीले सर्वोच्च अदालतमा मुद्धा हालेपछि विमानस्थल स्तरोन्नतीको कार्य अगाढी बढन सकेको छैन भने जोशी र भण्डारीले मुद्धा हालेकोले अन्य ८ जनाले पनि मुआब्जा रकम बुझ्न मानेका छैनन । 
जसका कारण सवै जग्गा धनगढीले मुआब्जा रकम बुझेलगत्तै स्तरोन्नतीको कार्य थालनी गर्ने तयारी गरेको विमानस्थलले उक्त कार्य अगाढी बढाउन नसकेको धनगढी विमानस्थल प्रमुख ठकुल्लाले बताउनुभयो ।
सवै जग्गा धनगढीले मुआब्जा रकम बुझेलगत्तै जाईका नामका एक गैरसरकारी सस्थाको सहयोगमा हुस्सु लागेका बेला पनि उडान गर्न सक्ने भिओआर डिएमई अर्थात जहाजलाई दिशा निर्देश गर्ने र विमानस्थलेदखि जहाज सम्मको दुरी बताउने मेसिन जडान गर्ने तयारी गरेको विमानस्थलले जग्गा धनीलाई जतिसक्दो चाडो मुआब्जा रकम बुझिदिन पनि आग्रह गरेको छ । 



 


मङ्गलबार २५, पुष २०७४ ०६:५२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस