BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:26 | शुक्रबार ०५, असोज २०७५ १६:२६
भुटानको डुकस्टार क्लवलाई पराजित गर्दै रुपन्देही ११ खप्तड गोल्ड कपको क्वाटरफाईनलमा प्रवेश

बुधवार सिएमजी संकटा र एपीएफ सेमिफाईनल प्रवेशका लागि भिडने

मङ्गलबार, २५ पुष २०७४| Hari Bhatta
भुटानको डुकस्टार क्लवलाई पराजित गर्दै रुपन्देही ११ खप्तड गोल्ड कपको  क्वाटरफाईनलमा प्रवेश

एफएम संवाददाता
पुष २५ धनगढी

धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपमा भुटानको डुकस्टार क्लवलाई पराजित गर्दै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

धनगढी रगशालामा आज भएको खेलमा भुटानको डुकस्टार क्लवलाई ३–२ ले पराजीत गर्दै रुपन्देही ११ क्वाटरफाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमा २–० ले अग्रता लिएको रुपन्देही ११ ले दोश्रो हाफमा थप १ गोल ग¥यो भने २ गोल खाएको थियो । रुपन्दैही ११ का लागी अमर डङगोलले २२ औँ र ३८ औ मिनेटमा गोल गरे भने मनिष थापाले ६९ औ मिनेटमा तेश्रो गोल गरे ।

भुटानको डुकस्टार क्लवको तर्फबाट ५८ औँ मिनेटमा क्वीन्गा चव्गे र अतिरिक्त समयको दोश्रो मिनेटमा एसी दोर्जीले गोल गरेका थिए । भुटानले अन्तीम समयमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न परेको हो । गौतम श्रेष्ठले डि बक्स भित्र फल गरेपछि डुकस्टारले पेनाल्टी पाएको थियो तर पेनाल्टीमा केजङ वाङजीको प्रहारलाई रुपन्देहीका गोल किपर सुजित गुरुङले बचाएका थिए । खेलका म्यान अफ द म्याच रुपन्देहीका अमर डङगोल भए ।

क्वाटरफाईनलमा अव रुपन्देही ११ बाई पाएर क्वाटरफाईनलमा पुगेको मनाङ मस्र्याङग्दीसंग भिड्ने छ । भोलि सेमीफाईनल प्रवेशका लागी सिएमजी संकटा र एपीएफ विच प्रतिस्पर्धा हुने छ । माघ १ गते सम्म चल्ने प्रतियोगीताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ पाउने छन् ।
 


मङ्गलबार २५, पुष २०७४ ०६:३४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस