Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:52 | बुधबार ०३, माघ २०७४ ०८:५२
बिहेकै दिन बेहुलीले जन्माइन् बच्चा, अब एनिभर्सरी र बर्थडे सँगै

मङ्गलबार, २५ पुष २०७४| Radio Dhangadhi
बिहेकै दिन बेहुलीले जन्माइन् बच्चा, अब एनिभर्सरी र बर्थडे सँगै

जब कुनै युवतीले आफ्नो बिहेकै दिन बच्चा जन्माउँछिन् भने त्यो घटना हाम्रो समाजमा त पाच्य हुने खालकै हुँदैन । किनकी हामीकहाँ विवाह अघिको यौन सम्बन्ध बर्जित छ सामाजिक रुपमा ।

तर बेलायतमा चाहीँ हालै यस्तै भएको छ । बेहुली आफ्नो बिहेकै दिन वेडिङ गाउनमै अस्पताल गइन् र केही बेरमै छोरी जन्माइन् । यो थाहा पाउँदा बिहेमा आएका सबै पाहुना तिनछक परे ।

 वेष्ट मिडल्याण्डमा बस्ने १९ वर्षकी डेनी माउन्टफोर्डको विवाह १८ वर्षका कार्ल नामक युवकसँग भैरहेको थियो । डेनी र कार्ल केही वर्षदेखि रिलेसनसीपमा थिए ।

बिहेको समारोह सम्पन्न भएसँगै प्रीतिभोज चलिरहेको थियो । उक्त रिसेप्सनमा नाच्दा नाच्दै अचानक डेनीको पेट दुख्न सुरु भयो र बेहुली गाउनमै उनलाई अस्पताल लगियो । बेहुला कार्ल पनि उनीसँगै अस्पताल गए । पाहुनाहरु भने रिसेप्सनमै मग्न थिए । भोज चलिरहेकै बेलामा खबर आयो की नव बेहुली डेनीले बच्चा जन्माइन् । अनि बिहेकै दिन डेनी रर कार्ल बाउआमा बने ।

गत डिसेम्बर १८ को घटना हो यो । डेनी ९ महिनाकी गर्भवती थिइन् । उनको लागि जनवरी महिनाको डेलिभरी डेट दिइएको थियो । त्यसैले उनीहरुले डिसेम्बर महिनामै बिहे गर्ने निधो गरे । तर डाक्टरले दिएको भन्दा छिटो उनी सुत्केरी भइन् र बिहेको दिनमै छोरी पाएर किर्तिमान राखिन् । अब यो जोडीले आफ्नो एनिभर्सरी र बच्चाको बर्थडे सँगै मनाउनेछ । एजेन्सी


मङ्गलबार २५, पुष २०७४ ०५:३२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस