Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:44 | बुधबार ०३, माघ २०७४ ०८:४४
सुदूरपश्चिम खप्तड गोल्डकप ः थ्रीस्टार अन्तिम आठमा

सोमबार, २४ पुष २०७४| Radio Dhangadhi
सुदूरपश्चिम खप्तड गोल्डकप ः थ्रीस्टार अन्तिम आठमा

एफएम संवाददाता
पुष २४ धनगढी 
 
१४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा थ्रीस्टारले झापा ११ लाई ३–१ ले हराएर अन्तिम ८ मा पुगेको छ ।

थ्रीस्टारको जितमा बुद्ध चेम्जोङले २ तथा मार्टिनले १ गोल गरे । झापाका लागि कर्ण लिम्बूले १ गोल फर्काए । थ्रीस्टार क्लबले १४ महिनापछि पहिलो प्रतियोगिता खेलेको हो । एन्फाको लापरवाहीका कारण एएफसीकपको दोस्रो चरण खेल्न नपाएपछि दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै थ्रीस्टारले पोहोरको कात्तिकदेखि कुनैपनि प्रतियोगिता खेलेको थिएन ।

गएको असोजमा एन्फाबाट डेढ करोड रुपैयाँ क्षतिपुर्ति पाउने सहमति भएपछि थ्रिस्टारले प्रतियोगितामा भाग लिएको हो । प्रतियोगितामा भाग लिन जानेक्रममा ललितपुरमा भएको विदाइमा थ्री स्टार क्लवका महासचिव सञ्जिव शिल्पकारले थ्रीस्टार क्लब ‘सुदूरपश्चिमबाट उदाउने’ बताउनुभएको थियो ।

प्रतियोगितामा आइतबार धरान फुटबल क्लबलाई हराउँदै संकटा अन्तिम ८ मा पुगेको छ ।


 


सोमबार २४, पुष २०७४ ०५:५५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस