BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:28 | शुक्रबार ०५, असोज २०७५ १६:२८
गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

सोमबार, २४ पुष २०७४| Radio Dhangadhi
गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

पुस २४  काठमाडौं 

गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा चारवटा अवार्ड जितेको छ । टेलिभिजन तर्फ बिग लिटल लाइज विजयी भयो । चलचित्रमा लेडी बर्डले पनि राम्रो गरेको छ ।

लेडी बर्ड र थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले आफूलाई ओस्कार अवार्डको दाबेदारको रुपमा प्रस्तुत गरेका छन् । ७५ औँ गोल्डेन ग्लोब अवार्ड वर्ष २०१८ को पहिलो प्रमुख हलिवुड अवार्ड हो ।

गएको वर्ष हार्बी वाइनस्टिनमाथि अभिनेत्रीहरुले यौन दुर्व्यहार गरेको आरोप लगाएपछि सुरु भएको यौन हिंसा विरुद्ध बोल्ने अभियान सुरु भएपछिको पहिलो अवार्ड हो यो ।

अवार्डमा सहभागी भएका अधिकांश अभिनेत्री तथा अभिनेताले यौन दुर्व्यहारको विरोधमा काडो लुगा लगाएका छन् । हलिवुड फरेन प्रेस एसोसिएशनले टेलिभिजन तथा चलचित्र क्षेत्रका उत्कृष्टलाई सम्मान गर्नका लागि हरेक वर्ष अवार्ड प्रदान गर्ने गरेको छ । 

कुन बिधामा कसले जिते अवार्ड ? 

  • सर्वोत्कृष्ट अभिनेत्री (लिमिटेड सिरिज अर मोसन पिक्चर) – निकोल किडम्यान, बिग लिटल लाइज
  • सर्वोत्कृष्ट सह–अभिनेता (मोसन पिक्चर) – साम रकवेल, थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी
  • सर्वोत्कृष्ट अभिनेत्री (टेलिभिजन सिरिज, म्युजिकल अर कमेडी) – रिचेल ब्रोसनहन, द मार्भेलस मिसेस माइजल
  • सर्वोत्कृष्ट अभिनेत्री (टेलिभिजन सिरिज, ड्रामा) – एलिजाबेथ मोस, द ह्याण्डमेड्स टेल
  • सर्वोत्कृष्ट अभिनेता (टेलिभिज सिरिज, ड्रामा) – स्टर्लिङ के ब्राउन, दिस इज अस
  • सर्वोत्कृष्ट टेलिभिजन सिरिज (ड्रामा) – द ह्याण्डमेडस् टेल
  • सर्वोत्कृष्ट सह–अभिनेता (सिरिज, लिमिटेड सिरिज अर मोसन पिक्चर मेड फर टेलिभिजन) – अलेक्जेण्डर स्कास्र्गार्ड, बिग लिटल लाइज
  • सर्वोत्कृष्ट ओरिजिनल स्कोर (मोसन पिक्चर) – एलेक्सान्डर डेस्प्लेट, द सेप अफ वाटर
  • सर्वोत्कृष्ट ओरिजिनल सङ (मोसन पिक्चर) – दिस इज मी, द ग्रेटेस्ट सोम्यान
  • सर्वोत्कृष्ट अभिनेता (मोसन पिक्चर, कमेडी अर म्युजिकल) – जेम्स फ्रान्को, द डिजास्टर आर्टिस्ट
  • सर्वोत्कृष्ट सह–अभिनेत्री (सिरिज, लिमिटेड सिरिज अर मोसन पिक्चर मेड फर टेलिभिजन) – लउरा डर्न, बिग लिटल लाइज
  • सर्वोत्कृष्ट एनिमेटेड चलचित्र – कोको
  • सर्वोत्कृष्ट सह–अभिनेत्री (मोसन पिक्चर) – एलिसन ज्यानी, आइ, टोन्या
  • सर्वोत्कृष्ट चलचित्र स्क्रीनप्ले – मार्टिन म्याकडनह, थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी
  • सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्र – इन द फेड, जर्मनी
  • सर्वोत्कृष्ट अभिनेता (लिमिटेड सिरिज अर मोसन पिक्चर मेड फर टेलिभिजन) – इवान म्याकजर्ज, फार्गो
  • सर्वोत्कृष्ट टेलिजिन सिरिज (म्युजिकल अर कमेडी) – द मार्भेलस मिसेस माइजल
  • सर्वोत्कृष्ट अभिनेता (टेलिभिजन सिरिज, म्युजिकल अर कमेडी) – अजिज अन्सारी, मास्टर अफ नन
  • सेसिल बी डिमिली अवार्ड – ओपरा विनफेरी
  • सर्वोत्कृष्ट निर्देशक (मोसन पिक्चर) – गिलेर्मो डेल तोरो, द सेप अफ वाटर
  • सर्वोत्कृष्ट टेलिभिजन लिमिटेड सिरिज अर मोसन पिक्चर मेड फर टेलिभिजन – बिग लिटल लाइज
  • सर्वोत्कृष्ट अभिनेत्री (मोसन पिक्चर, कमेडी अर म्युजिकल) – सेइर्स रोनेन, लेडी बर्ड
  • सर्वोत्कृष्ट मोसन पिक्चर (कमेडी अर म्युजिकल) – लेडी बर्ड
  • सर्वोत्कृष्ट अभिनेता (मोसन पिक्चर, ड्रामा) – ग्यारी ओल्डम्यान, डार्केस्ट आवर
  • सर्वोत्कृष्ट अभिनेत्री (मोसन पिक्चर, ड्रामा) – फ्रान्सिस म्याकडोरमाण्ड, थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी
  • सर्वोत्कृष्ट मोसन पिक्चर (ड्रामा) – थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरी

 


सोमबार २४, पुष २०७४ १२:१६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस