BBC Nepali

08:45 PM - 09:15 PM

Sunday, June 24 2018, 20:50 | आइतबार १०, असार २०७५ २०:५०
ब्याडमिन्टन प्रतियोगिताको उपाधि कार्की र श्रेष्ठको जोडीलाई

आइतबार, २३ पुष २०७४| Radio Dhangadhi

एफएम संवाददाता
पुष २३ धनगढी

लक्ष्मी कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुरेन्द्र कार्की र शैलेन्द्र श्रेष्ठको जोडीले जितेको छ ।

धनगढीमा रहेको लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाले आयोजना गरेको प्रतियोगिताको फाईनलमा आईतबार प्रकाश चन्द र राजेन्द्र बमको जोडीलाई हराउदै  कार्की र श्रेष्ठको जोडीले उपाधि  जितेको हो ।

पहिलो राउण्डमा चन्द र बमको जोडीले २३–२५ को सेटमा जित निकालेपनि दोस्रो र तेस्रो राउण्डमा भने कार्की र श्रेष्ठको जोडीले १९–२१ र १८–२० को सेटमा चन्द र बमको जोडीलाई पराजित ग¥यो ।

विजेता बनेको कार्की र श्रेष्ठको जोडीले २१  हजार रुपैया पाएको छ भने उपविजेता बनेका चन्द र बमको जोडीले १ ५ हजार रुपैया पुरुस्कार पाएको छ । विजेता र उपविजेता टोलीलाई मसिर २८ गते लक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको साधारण सभाको दिन नगद पुरुस्कार प्रदान गरिने छ । 
 

  


आइतबार २३, पुष २०७४ ०६:५४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस