Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:51 | बुधबार ०३, माघ २०७४ ०८:५१
सञ्जय दत्तको आमा बन्न मनिषा यसरी बद्लिइन्

शनिबार, २२ पुष २०७४| Radio Dhangadhi
सञ्जय दत्तको आमा बन्न मनिषा यसरी बद्लिइन्

मनिषा कोइराला केही दिनअघि नेपालकै क्रिकेट मैदानमा देखिएकी थिइन् । संभवत फिल्म छायांकन सकाएर पारिवारिक विश्रामका लागि उनी नेपाल आएकी हुन् । त्यसअघि उनले फिल्म छायांकन गरिरहेको अवस्थाका तस्विरहरु आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी थिइन् ।

यतिबेला मनिषाको करियर तंग्रिएको छ । बिवाह-ब्रेकअप, त्यसपछि क्यान्सर । यस्ता अनेकन चरणबाट गुज्रिदै आएकी मनिषा सफल उपचारपछि धर्मकर्ममा बढी सक्रिय हुन थालेकी थिइन् । त्यसबीचमा उनले बलिउडका केहि फिल्म पनि गरिन् । यद्यपी नायिकाको रुपमा होइन, आमाको भूमिकामा ।

अहिले भने उनी राजकुमार हिरानीको फिल्ममा पनि आमाकै भूमिकामा देखिदैछन् । ‘मुन्ना भाई एमबिबिएस’, ‘थ्रि इडियट्स’, ‘पिके’ जस्ता ब्लकबस्टर फिल्म दिएका राजकुमार यतिबेला संजय दत्तको बायोपिक बनाउँदैछन् । उक्त फिल्ममा मनिषाले संजयको आमा अर्थात नर्गिस दत्त भएर अभिनय गर्दैछिन् ।

संजय दत्तको जीवन आफैमा रोमाञ्चक छ । अभिनेत्री आमा र अभिनेता तथा फिल्म निर्माता, निर्देशक तथा अभिनेता बुवाका यी छोराले जीवनमा अनेक उतार-चढाव भोगिन् । जेल जीवन विताए । उनकै जीवनमा आधारित फिल्ममा मनिषा कोइराला नर्गिसको भूमिकामा देखिदैछन् । संजय दत्तको भूमिका भने रणवीर कपुरले निर्वाह गर्दैछन् ।

                                      अन्नलाईन खबरबाट साभार


शनिबार २२, पुष २०७४ १२:०६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस