
एफएम सवाददाता
धनगढी, २१ पौष ।
बैतडीको सुर्नया गाउँपालिका ४ वसन्तपुर डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकले तालाबन्दी गरेका छन् । दश महिनासम्म तलब नपाएको भन्दै नीजि स्रोतमा कार्यरत शिक्षक भानबहादुर महराले तालाबन्दी गरेका हुन् ।
नीजिस्रोतका शिक्षकको तलब समयमा दिइनुपर्ने, तलब वृद्धि हुनुपर्ने र विद्यालयको निर्माणाधीन भवन समयमै सम्पन्न हुनुपर्ने माग सहित शिक्षक महराले विद्यालयमा तालाबन्दी गरेको स्थानीय बासीप्रकाश भाटले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर समस्या समाधान गर्ने भनिए पनि शिक्षक महराले तालाबन्दी गरेको प्रधानाध्यापक कृष्णसिंह महराले जनाउनुभयो ।
जिल्लाका पाँच सय ३९ सामुदायिक विद्यालय मध्ये दुई सय २४ मा दरबन्दी छैन । दरबन्दी नभएका विद्यालय नीजि शिक्षकको भरमा सञ्चालन भईरहेका छन् ।
शुक्रबार २१, पुष २०७४ ०६:१६ मा प्रकाशित ।
रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!