Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:44 | बुधबार ०३, माघ २०७४ ०८:४४
कञ्चनपुरमा राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने

शुक्रबार, २१ पुष २०७४| Admin
कञ्चनपुरमा राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने

एफएम सवाददाता
धनगढी, २१ पौष । कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ ।

कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १९५ खेलाडीको सहभागिता रहनेछ । खेलाडीको बसोबास, यातायात लगायतको खर्च आयोजकले व्यहोर्नेछ ।

प्रतियोगिता सम्पन्न गर्न २१ लाख खर्च हुने अध्यक्ष पाण्डेयले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्ले आठ लाख, सटल कर्क, मेडल तथा प्रमाणपत्र उपलब्ध गराउने छ ।  

प्रतियोगितामा सुदूरपश्चिमबाट सहभागी हुने खेलाडीको जिल्लास्तरमा छनोट भई   धनगढीमा क्षेत्रीय छनोट प्रतियोगिता गरिनेछ ।

संघले प्रतियोगितास्थल स्थानीय कभर्डहलमा पूर्वाधार मर्मत र अन्य तयारी गरिरहेको नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँरले बताउनुभयो । 
 


शुक्रबार २१, पुष २०७४ ०६:०७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस