Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:43 | बुधबार ०३, माघ २०७४ ०८:४३
अख्तियारमा भ्रष्टाचार सम्बन्धि साढे तीन हजार बढी उजुरी

शुक्रबार, २१ पुष २०७४| Admin
अख्तियारमा भ्रष्टाचार सम्बन्धि साढे तीन हजार बढी उजुरी

एफएम सवाददाता
धनगढी, २१ पौष । चार वर्षको अवधिमा प्रदेश नम्बर सातबाट अख्तियारमा भ्रष्टाचार सम्बन्धि तीन हजार ६ सय बढी उजुरी परेको तथ्यांक सार्वजनिक भएको छ ।

२०७० सालदेखि २०७४ मंसिर मसान्तसम्म सुदूरपश्चिमका ९ वटै जिल्लाबाट तीन हजार ६ सय ६३ वटा भ्रष्टाचारका उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।

आज बैतडीमा कर्मचारी, नागरिक समाज र संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै कार्यालयले पछिल्लो अवस्थाबारे जानकारी गराएको हो । कार्यालयको तथ्याङ्क अनुसार बैतडीबाट अख्तियारमा ४ सय ३१ वटा उजुरी परेको छन् ।

पछिल्लो एक बर्षको अवधीमा बैतडीबाट ४८ उजुरी थपिएका हुन् ।  सात नम्बर प्रदेशको कैलालीबाट सबैभन्दा बढि १ हजार ४० उजुरी परेका छन् ।

यस्तै कञ्चनपुरबाट ८सय ९५, डोटीबाट २ सय ९३, डडेल्धुराबाट २ सय ९७, दार्चुला २ सय २३, बझाङबाट २ सय ७, अछामबाट १ सय ६० र सबैभन्दा कम बाजुराबाट १०३ उजुरी दर्ता भएका छन् ।
 


शुक्रबार २१, पुष २०७४ ०६:०२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस