---
Thursday, October 18 2018, 00:55 | बिहिबार ०१, कार्तिक २०७५ ००:५५
डडेल्धुरा हुनुपर्ने माग गर्दै चक्काजाम

प्रधानमन्त्रीलाई ज्ञापनपत्र

शुक्रबार, २१ पुष २०७४| Admin
डडेल्धुरा हुनुपर्ने माग गर्दै चक्काजाम

एफएम सवाददाता
धनगढी, २१ पौष । 
प्रदेश नम्बर ७ को राजधानी डडेल्धुरा हुनुपर्ने माग गर्दै चक्काजाम गरिएको छ ।

दबाब समूहले बिहीबार सार्वजनिक गरेका साताव्यापी संघर्षका कार्यक्रम सार्वजनिक अन्तरगत आज चक्काजाम गरिएको हो ।  

दबाब समूहले आज मध्ययान १२ बजेदेखि अपराह्न ४ सम्म चक्काजाम गरको थियो । जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा १२ बजेदेखि नै सवारीसाधनहरु आवतजावतमा पूर्ण रोक लगाइएको थियो ।

बागबजार क्षेत्रमा सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाएपछि तराइका जिल्लाहरु कैलाली, कञ्चनपुरबाट पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङ जाने सवारीसाधनमा ठप्प भएका थिए ।

एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका अत्यावश्कीय सवारी साधन चल्न दिने निर्णय भएकाले निर्वाध चलेका  थिए । ४ बजेबाट चक्काजाम खेलेसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

त्यस्तै, २२ गते शनिबार विहान १० बजे स्याउले बजारमा धर्ना तथा बजार बन्द गर्ने, २३ गते आइतबार डडेल्धुराका सम्पूण सरकारीका गाडीहरु कार्यालय बन्द गर्ने, २४ गते सोमबार सरकारी कार्यालयहरुमा धर्ना तथा बजार बन्द गर्ने र २५ गते मंगलबार जिल्लाभर आमहडताल गर्ने दबाब समूहका संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य प्रकाश साउदले जानकारी दिनुभयो ।

डडेल्धुरालाई प्रादेशिक राजधानी नतोके यो भन्दा कडा आन्दोलनमा उत्रने संयोजक साउदले चेतावनी दिनुभयो । प्रदेश ७ को पहाडी जिल्ला डडेल्धुरामा राजधानी स्थापनाका लागि दबाब समूहका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउनेदेखि सदरमुकाममा एकघण्टा चक्काजाम र विरोध प्रदर्शन समेत गरिसकेको छ ।

यसैविचर, ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै डोटीको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरको उपस्थितिमा डोटी प्रदेश सभा ‘क’बाट निर्वा्चित सांसद भरतबहादुर खड्का, नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवा राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष लाल बहादुर कठायतलगायतको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री देउवाको सकारात्मक प्रतिक्रिया आएको सांसद खड्काले बताउनुभयो । प्रधानमन्त्री देउवाले राजधानीका विषयमा भइरहेका आन्दोलन र जनताको धारणाका बिषयमा पनि जिज्ञासा राखेको बताईएको छ ।  

प्रधानमन्त्रीसँगको भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बलायरले सबै पहाडी जिल्लाको संवेदना र तराईमा बसोबास गर्ने अधिकांश बासिन्दाहरुको सद्भाव पनि एकैठाउँमा रहेको बताउनुभएको थियो ।

प्रदेशको राजधानी माग गर्दै दिपायलमा कविर एक साता भन्दा बढी समयदेखि लगातार आन्दोलन भइरहेको छ ।

पछिल्लो तीन दिनयता आन्दोलनले ‘आमहड्ताल’को रुप लिँदा जनजीवन प्रभावित बनेको छ ।
 


शुक्रबार २१, पुष २०७४ ०५:५९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस