Bollywood Hindi Hit's Songs

11:00 AM - 12:00 PM

Wednesday, August 22 2018, 11:53 | बुधबार ०६, भदौ २०७५ ११:५३
‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४‘ शुक्रवारदेखि

प्रतियोगिताको तयारी पुरा

बिहिबार, २० पुष २०७४| Dinesh Thakulla
‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४‘ शुक्रवारदेखि

एफएम सवाददाता
धनगढी, १९ पौष । 
फुटवलमा सवैभन्दा वढी धनराशी भएको फुटवल प्रतियोगिता धनगढी रंगशालामा शुक्रवारदेखि  सुरु हुँदैछ ।

निजि क्षेत्रको सर्वाधिक धनराशी पुरस्कार भएको ‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४‘ शुक्रवारदेखि  धनगढी रंगशालामा सुरु हुन लागेको हो ।

आवश्यक सवै तयारी सकिएको आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले जनाकारी दिएको छ । दिउँसो १ वजे धनगढीको क्षेत्रीय रंगशालामा प्रधानमन्त्री पत्नी तथा कैलाली क्षेत्र नम्वर ५ वाट नेपाली काग्रेंसको तर्फवाट प्रतिनिधि सभामा उम्मेदवार वनेकी डाक्टर आरजु राणा देउवाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

औपचारिक रुपमा उद्घाटन कार्यक्रमसँगै प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र काठमाण्डौको ए डिभिजन क्लव च्यासल युथ क्लव वीच प्रतिस्पर्धा हुनेछ ।

माघ १ गतेसम्म आयोजना हुने दोस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सवै तयारी सकिएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।

प्रतियोगिताका आवश्यक सवै तयारी सकिएर प्रतियोगिता उद्घाटनको तयारीमा वसेको प्रतियोगिताका संयोजक धुव्र भट्टराईले वताउनुभयो । खेल हुने धनगढी रंगशालालाई सजाईएको छ भने चारैतिर व्यानर सहितका प्रायोजकहरुका वोर्डले घेरेर राखिएको छ ।

मैदानमा सिंचाई गर्दै सम्याउने काम सकिएर अन्तराष्ट्रिय स्तरको वनाईएको आयोजक क्लवका उपाध्यक्ष योगेन्द्र चन्दले जानकारी दिनुभयो । झण्डै ३ हजार ५ सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेको अवस्थामा फुटवलमा पहिलो पटक कृत्रिम अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

झण्डै १५ सय दर्शक क्षमताको कृत्रिम प्याराफिट निर्माण गरी दर्शकहरुलाई फुटवल खेलको मज्जा लिने व्यवस्था मिलाईएको छ । मैदानको चारैतिर अस्थायी कृत्रिम प्यारासफिट वनाएर आनन्द रुपमा खेल हेर्ने व्यवस्था मिलाईएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवका महासचिव प्रकाश शाहीले वताउनुभयो । प्रतियोगितामा १२ वटा एडिभिजन क्लबलेसहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताको दोस्रो संस्करणका बिजेतालाई ११ लाख ११ हजार १११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷ १५हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता ओम चन्दले जानकारी दिनुभयो । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा टिकट काटेर खेल हेर्न जाने दर्शकहरुलाई प्रत्येक दिन गोलाप्रथाद्धारा मोवाईल प्रदान गरिने भएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आईस ब्राण्ड र सह प्रायोजकमा नेपाल टेलिकम र जगदम्वा पाईप रहेको छ । 
 


बिहिबार २०, पुष २०७४ ०६:०२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस