BBC Nepali

08:45 PM - 09:15 PM

Sunday, June 24 2018, 20:50 | आइतबार १०, असार २०७५ २०:५०
गर्भावस्थामा चेक जाँच गराए बाफत रकम असुली गर्दै

सोमबार, १७ पुष २०७४| Radio Dhangadhi

एफएम संवाददाता
पुष १७ बझाङ
 

गर्भवती अवस्थामा निशूल्क सेवा प्रदान गर्ने नेपाल सरकारको नियम भए पनि जिल्ला अस्पताल बझाङले गर्भावस्थामा चेक जाँच गराए बाफत रकम असुली गरी रहेको छ ।

गर्भावस्थामा चेक जाँच गराए बाफत २०० देखी ३०० सम्म असुल्ने गरेको पिडीत महिलाहरुले बताएका छन् । गर्भावस्थामा चेक जाँच गर्दा निशुल्क सेवा दिने भने पनी अस्पताल विकास समितीको निर्णय भन्दै चेक गराउन आउने सबै महिलाहरुबाट रकम लिने गरिएको हो ।

अस्पतालका प्रमुख डा. अनुप रेग्मीले पनि अस्पताल विकास समितीको निर्णयअनुसार रकम लिईने गरिएको स्वीकार गर्नुभयो । नीजि क्लीनिकहरुमा गर्भजाँच गरेको सय रुपैया लिने गरिउपनि अस्पताले भने दुई सय लिने गरेको छ ।    


सोमबार १७, पुष २०७४ ०५:०२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस