---
Sunday, November 18 2018, 23:00 | आइतबार ०२, मङि्सर २०७५ २३:००
९४ पदक हात पार्दै नेपाल च्याम्पियन

८ औ अन्तराष्ट्रिय कराते प्रतियोगिता

शुक्रबार, १४ पुष २०७४| Dinesh Thakulla
९४ पदक हात पार्दै नेपाल च्याम्पियन

दिनेश ठकुल्ला
धनगढी, १४ पौष । 
धनगढीमा सम्पन्न ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल च्याम्पियन बनेको छ । 
विहिवार अवेर राती सम्पन्न प्रतियोगितामा ९४ पदक हात पार्दै नेपाल च्याम्पियन बनेको हो । 
कुल एक सय ६८ पदकका लागि भएको प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ कास्य पदक हात पारेको छ । 
५१ पदक जित्दै भारतले ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेको छ । भारतले नौ स्वर्ण, १३ रजत र २९ वटा कास्य पदक जितेको छ । 
 ८ औ अन्तराष्ट्रिय कराते प्रतियोगितामा तृतिय स्थान प्राप्त गर्न सफल भुटानले ६ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गरेको छ । 
श्रीलकाले दुई स्वर्ण, एक रजत र चार कास्य, बगलादेशले १ स्वर्ण तथा दुई/दुई रजत र कास्य पदक जितेको छ भने पाकिस्तानले एक/एक स्वर्ण र रजत पदक हाल पार्न सफल भएको प्रतियोगिताका सयोजक तथा गोजुरियो कराते दो (युजेनकाई) सघका केन्द्रिय महासचिव प्रकाश चन्दले जानकारी दिनुभयो । 
त्यस्तै, सुदुुर पश्चिमाञ्चल गोजुरियो कराते दो संघको आयोजनामा भएको प्रतियोगीतामा कुमुतो विधा तर्फ एपीएफले प्रथम हुदै नगद ५१ हजार रुपैया प्राप्त गरेको छ भने दोस्रो भएको सुदुरपश्चिमाञ्चलले ३१ हजारमा चित्त बुझाएको छ । तृतिय भएको पश्चिमाञ्चलले २१ हजार पुरुस्कार पाएको छ ।
बुधवारदेखि सुरु भएको प्रतियोगितामा नेपालका दुई सय ४३, भारतका एक सय ८०, श्रीलङकाका १९, भुटानका सात, पाकिस्तानका पाच तथा बङगलादेशका नौ गरि चार सय ६३ खेलाडी सहभागि थिए । 
सुदुरपश्चिमाञ्चल गोजुरियो कराते दो (युजेनकाई) सघको आयोजनामा सम्पन्न प्रतियोगिताको बुधवार कैलाली क्षेत्र नम्बर ५ का सासद नारदमुनी रानाले उद्घाटन गर्नुभएको थियो । 
 


शुक्रबार १४, पुष २०७४ ०५:२७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस