BRAIN QUIZ

04:00 PM - 05:00 PM

Friday, September 21 2018, 16:26 | शुक्रबार ०५, असोज २०७५ १६:२६
बाजुराको दुःखः २५ हजार कर बुझाउन ६० हजार खर्च

राजश्व कार्यालय नजिक नहुँदा कर बुझाउन सकस

शुक्रबार, १४ पुष २०७४| Radio Dhangadhi
बाजुराको दुःखः २५ हजार कर बुझाउन ६० हजार खर्च

एफएम संवाददाता
बाजुरा १४ पुस ।

कर असुली नीति प्रभावकारी नहुँदा कतिपय व्यवसायीले कर छल्ने गरेका छन् । आर्थिक रुपमा कमजोर भएकाले साना व्यवसायी कर तिर्न नसक्ने अवस्थामा छन् । बाजुरामा विभिन्न व्यापार गर्दै आएका सयौँ व्यवसायीले सरकारका कारण कर तिर्न नसकेको गुनासो गरेका छन् ।

कर बुझाउन चाहनेले समेत कर तिर्न सकेका छैनन् । राजश्व बुझाउने कार्यालयनजिक नहुँदा कर बुझाउन असुविधा भएको हो ।


‘वर्षभरिको कर २५ हजारदेखि ३५ हजार हुन्छ । कर तिर्न धनगढी जानुपर्छ’, स्थानीय व्यापारी बलबहादुर रोकायाले दुःखेसो गरे ।

बाजुराका व्यापारीले रु २५ हजार कर तिर्न रु ५० हजारदेखि ६० हजार खर्च गरी धनगढी जानुपर्ने बाध्यता भएकाले समस्या भएको बताए ।

जिल्लामा अनुमति प्राप्त मदिरा व्यवसायीबाहेक अन्य कुनै ठाउँबाट कर उठ्ने गरेको छैन । जिल्लामा भ्याट बिल र दर्ता भए नभएको अनुगमन कार्य प्रभावकारी नभएकाले पनि कर असुली हुन नसकेको हो ।

जिल्लाका अधिकांश निजी स्कुलले कर नतिरेको पाइएको छ । जिल्लामा कर कार्यालयको व्यवस्था गरी कर असुली गर्न व्यवसायीको सुझाव रहेको छ । व्यवसायी मात्र हैन गैरसरकारी संस्थासमेत कर तिर्न कहाँ जाने समस्यामा छन् ।

आर्थिक वर्षको अन्त्यमा कर बुझाइ सक्नुपर्ने प्रावधान छ । बाजुराका संघ–संस्थाले असोज र कात्तिकतिर कर तिर्ने गरेका छन् ।

‘वर्षमा रु ५० हजारको कारोबार गर्दै आएको असल शासन क्लब संस्थाका अध्यक्ष प्रदीपराज जोशीले धनगढी पुगेर आन्तरिक राजश्व कार्यालयमा संस्था नवीकरण गर्न रु २० हजार खर्च हुने बताए । उनले भने, ‘जिल्लामै कर कार्यालय भएको भए रु तीनहजारदेखि चार हजारमा नवीकरण गर्न सकिन्थ्यो ।’

नेपाल उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देवबहादुर रोकाया व्यसायीले कर तिर्न चाहे पनि सरकारी नीति कार्यान्वयन नहुँदा कर छल्न बाध्य पारिएको बताउँछन् । ‘कुनै उद्योगी–व्यवसायी कर चोर बन्न चाहँदैनन्,’ उनले भने ।

रोकायाका अनुसार पटक–पटक अण्डरबिलिङदेखि राजश्व कर्मचारीको व्यवहारले पनि समस्या पर्ने गरेको छ । रु एक हजार ७ सयको जुत्ता १७ रुपैयाँमा बिलिङ हुन्छ, व्यापारीले कसरी कर तिर्ने रु’ व्यवसायीले सरकारी निकायमा कर्मचारीले नै कर चोरी गर्न प्रेरित गरेको आरोप लगाएका छन् । जिल्लामा एक हजार ६४२ व्यवसाय दर्ता छन् जबकि वर्षमा ७०० देखि ८०० व्यवसायीले मात्र कर तिर्ने गरेको बताइएको छ ।


शुक्रबार १४, पुष २०७४ ०२:३८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस