Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:49 | बुधबार ०३, माघ २०७४ ०८:४९
प्रियंकाको खुलासाः हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता

शुक्रबार, १४ पुष २०७४| Radio Dhangadhi
प्रियंकाको खुलासाः हिरो र निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता

संघर्षरत अवस्थामा बलिउडमा कति सास्ती खेप्नुपर्‍यो ? शक्तिको आडमा निर्देशक र अभिनेताले कसरी स्वार्थ लुट्ने चेष्टा गरे ?

यस सम्बन्धमा अभिनेत्री प्रियंका चोपडाले मनको पोकोपन्तुरो खोलेकी छिन् ।

कहिले हिरोको त कहिले निर्देशकको गर्लफ्रेन्ड बन्नुपर्ने वाध्यता रहेको प्रियंका चोपडाले खुलाएकी छिन् । उनले भनेकी छिन्, ‘गर्लफ्रेन्ड बन्न नसक्दा म धेरै फिल्मबाट निकालिएँ ।’ अतः उक्त भुमिका नायक र निर्देशकमध्येको गर्लफ्रेन्डले पाउने गरेको उनले बताएकी छिन् ।

प्रियंकाले बलिउडमा कास्टिङ काउचको रुप कस्तो हुन्छ भन्ने कुरा पनि उदांगो पारिन् ।

बलिउडमा अभिनेत्रीहरु ठगिएको पनि उनको गुनासो थियो । बलिउडमा महिला र पुरुषबीच पारिश्रमिकबीच निकै भेदभाव रहेको उनको भनाइ छ ।

त्यसो त अहिले प्रियंकाले अन्तर्राष्ट्रिय फेम पाइसकेकी छिन् । उनी त्यस्ती अभिनेत्री हुन्, जो आफ्नै बलबुतोले अहिलेको स्थानसम्म आइपुगेकी  हुन् । जबकी उनी आफ्ना समकक्षी जस्तै फिल्मी पृष्टभूमीबाट आएकी होइनन् । उनी यसवर्ष फोब्र्सको सेलिब्रेटी सूचीमा सामेल भएकी छिन् । यस सूचीमा सामेल हुने उनी एक्लो बलिउड अभिनेत्री हुन् ।

अनलाइनखबरबाट साभार । 


शुक्रबार १४, पुष २०७४ ०२:३२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस