---
Monday, December 10 2018, 23:59 | सोमबार २४, मङि्सर २०७५ २३:५९
कार्यालयमा तालापछि धनगढी उपमहानगरपालिकामा आकस्मिक बैठक

कार्यालय बाहिर जादाँ जानकारी पुस्तीकामा उल्लेख गरेर जान कर्मचारीलाई उपमेयरको निर्देशन

बुधबार, १२ पुष २०७४| Admin
कार्यालयमा तालापछि धनगढी उपमहानगरपालिकामा आकस्मिक बैठक

एफएम सवाददादा

धनगढी, १२ पुस ।
कर्मचारी कार्यालयमा नभेटिने गरेको कुरालाई लिएर मगलवार धनगढी उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेपछि जनप्रतिनिधीले बुधबार विहानै आकस्मीक बैठक डाँकेर कर्मचारीलाई उप्रान्त त्यस खालका गतिविधी दोहोरिन नदिन सचेत गराएका छन् ।

धनगढी उपमहानगरपालिकामा कर्मचारी नभेटिएको भन्दै सेवा ग्राहीले मगलवार ताला बन्दी गरेपछि उपमेयर सुशिला मिश्र भट्टले उपमहानगरका अधिकृत तहका कर्मचारीहरुसंग त्यस विषयमा छलफल गुर्नभएको हो ।

धनगढी उपमहानगरपालिकामा सामान्य तोक  लगाउँन समेत कर्मचारी नभेटिएको गुनासोपछि मगलवार सेवा ग्राहीले ताला बन्दी गरेको विषयमा आज उपमेयर भट्टले सवै कर्मचारी संग सोधपुछ गरेको बताउनुभयो ।

उहाले सोधपुछका क्रमका निमित्त कार्यालय प्रमुख जिल्ला प्रशासनको वैठक र प्रशासकिय अधिकृत तालिममा गएपनि अन्य कर्मचारी कार्यालयमा नै भएको बताउनुभयो ।

 उपमेयर भट्टले वरिष्ट इन्जीनियर द्धिजराज भट्ट उर्मा फिल्डको काममा गएपनि अन्य ३ जना इन्जीनियर र अधिकृत लेखनाथ ओझा कार्यालयमा रहेको जानकारी दिनुभयो ।

सेवाग्राहीको काम नहुदाँ दवाव दिन तालाबन्धी गनु स्वभाविक भएपनि मगलवारको तालाबन्धी केहि प्रतिसोधको भावनाले लगाईएको उप मेयर भट्टले बताउनुभयो ।  

आगामी दिनमा कुनै पनि कर्मचारीले सेवा ग्राहीको काम कन्जुस्र्या गर्न नहुने र कार्यालय बाहिर जादाँ जानकारी पुस्तीका उल्लेख गरेर जानु पर्ने कुरामा छलफल भएको उपमेयर भट्टको भनाई छ । 


बुधबार १२, पुष २०७४ ०७:४२ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस