Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:47 | बुधबार ०३, माघ २०७४ ०८:४७
अन्तर्राष्ट्रिय उडान सुरु गर्ने श्री एयरलाइन्सको घोषणा

बुधबार, ०५ पुष २०७४| Radio Dhangadhi
अन्तर्राष्ट्रिय उडान सुरु गर्ने श्री एयरलाइन्सको घोषणा

५ पुस काठमाडौं ।

आन्तरिक उडानको सेवा प्रदान गरिरहेको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय उडान भर्नका लागि श्री एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अन्तर्राष्ट्रिय उडानको अनुमति समेत मागिसकेको छ ।

अहिले देशका ५ स्थानमा उडान भरिरहेको श्री एयरलाइन्सले भारतका रिजनल एयरपोर्टमा उडान भर्ने योजना बनाएको छ । श्री एयरलाइन्सका मार्केटिङ म्यानेजर अनिल मानन्धरका अनुसार भारतसँगै यसले बैंकक तथा श्रीलंका र कोलम्बोमा समेत उडान गर्ने योजना बनाएको छ ।


‘मन्त्रालयले इजाजत दिएपछि हामीले नागरिक उड्डयन प्राधिकरणसँग अन्तराष्ट्रिय उडान अनुमति माग्ने छौ अहिले हामी मन्त्रालयको निर्णय कुरिरहेका छौं,’ उनले भने ।

अहिले श्री एयरलाइन्सले भद्रपुर, बिराटनगर, भैरहवा नेपालगंज र धनगढीमा उडान भरिरहेको छ । भरतपुर र पोखरा विमानस्थल रन(वे सानो भएका कारण उडान गर्न नसकेको उनको भनाइ छ ।

श्री एयरलाइन्ससँग अहिले ३ वटा जहाज छन् । क्यानडाको बम्बार्डियरबाट उत्पादित सीआरजे सिरिजका तीनवटा जेट विमाननै यसले अन्तर्राष्ट्रिय उडान भर्नका लागि प्रयोग गर्ने भएको छ ।

श्रीसँग अहिले ७० सिटे एउटा र ५० सिटे दुईवटा जहाज छन् । जसले भरतपुर र पोखरा बिमानस्थलबाट उडान भर्नका लागि कठीन छ ।

अहिले भएका गन्तब्यबाट मात्रै राम्रो मुनाफा गर्न नसक्ने देखिएपछि श्रीले भारतको पनि उडान थाल्न लागेको हो । अब नेपालमा उडान भर्नका लागि आफुहरुसँग गन्तब्य नै बाँकी नभएका कारण अन्तर्राष्ट्रिय उडान गर्न खोजेको मानन्धर बताउँछन् ।

श्री सँग भएका जहाजले नियमित ४ घन्टा सम्म उडान गर्न सक्छन् । ४ घन्टामा श्रीलंका , बैंकक र भारतसम्म पुगिने भएका कारण यी गन्तब्य आफ्नो रोजाइमा परेको मानन्धरको भनाई छ ।

आन्तरिक उडानका लागि उडान अनुमति पाउनका लागि यसले ठूलो सास्ती बेहार्नु परेको थियो । गत चैतमा विमान ल्याएको यसले साउनदेखि मात्रै उडान थालेको थियो । लामो समय उडान नगरी होल्ड भएर विमान बस्दा यसले ठूलो आर्थिक नोक्सानी समेत बेहोर्नुपरेको थियो ।

यसले अन्तर्राष्ट्रिय उडान अनुमति पाएपछि मात्रै विमान थप्ने योजना बनाएको छ । ‘उडान अनुमति पाएपछि हामीले थप बिमान समेत थप्ने योजना बनाएका छौं, तर सुरुवातमा भने हामीले यी तीनै विमानबाट उडान भर्ने योजना बनाएका छौ,’ मानन्धर भन्छन् ।

श्री एयरलाइन्स हेलिकोप्टर कम्पनी पनि हो । जसले अन्तर्राष्ट्रिय मिसन्मा जान लागेका नेपाली सेनाहरुलाई गन्तब्य समेत पुर्‍याउँदै आएको थियो । सन् २००९ देखि २०१४ सम्म श्री एयरलाइन्सले यस्तो खालको सेवा दिएको थियो ।

‘हेलिकोप्टरबाट हामीले अन्तर्राष्ट्रिय उडान गरिसकेका कारण जहाजका लागि पनि उडान अनुमति पाउँछौ्र भन्ने हामीले आशा गरेका छौं,’ मानन्धर भन्छन् ।

अनलाइनखबरबाट साभार ।


बुधबार ०५, पुष २०७४ ०५:४५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस