---
Friday, October 18 2019, 20:02 | शुक्रबार ०१, कार्तिक २०७६ २०:०२
केकी र नाजिरसँगै नाचे लालबाबु

बुधबार, ०५ पुष २०७४| Radio Dhangadhi
केकी र नाजिरसँगै नाचे लालबाबु

चलचित्र ‘राज्जा रानी’को प्रमोशनका क्रममा विराटनगर पुगेका मुख्य कलाकारद्धय केकी अधिकारी र नाजिर हुसेन नेकपा एमालेका चर्चित नेता लालबाबु पण्डितसँग नाचेका छन् ।

विराटनगरमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका लालबाबुसँग चलचित्रमा समावेश ‘चिपक चिपक’ बोलको गीतमा केकी र नाजिरले नृत्य गरेका हुन् । दाइजो प्रथाविरुद्धको अभियानमा रहेको भोर नामक संस्थाले आयोजना गरेको कार्यक्रममा पण्डित प्रमुख अतिथीको रुपमा पुगेका थिए ।

नाजिर र केकीले लालबाबुसँग सेल्फी पनि लिएका छन् । लालबाबुले हालै सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा मोरङ(६ बाट निर्वाचित भएका थिए ।

यम थापाको निर्देशनमा तयार भएको यो चलचित्र पौष २१ गतेबाट रिलिज हूँदैछ । रमेश एम के पौडेलको निर्माणमा बनेको चलचित्रले दाइजो प्रथाको कथालाई पनि उठान गरेको छ ।

अनलाइनखबरबाट साभार ।


बुधबार ०५, पुष २०७४ ०५:३४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस