Ever Green Hindi

10:30 PM - 11:00 PM

Monday, February 19 2018, 22:48 | सोमबार ०७, फागुन २०७४ २२:४८
सार्वजनिक सम्पतीमाथि कब्जा गरेको आरोप

सोमबार, ०४ बैशाख २०७४| Nirmala Khadayat
सार्वजनिक सम्पतीमाथि कब्जा गरेको आरोप

एफएम संवाददाता                                                               
धनगढी । बैशाख ४–
गैरसरकारी सस्थाले विश्व रामसार सुचीमा सुचिकृत घोडाघोडी तालमा अवलोकन गर्न आउनेसग रकम असुल्न थालेपछि स्थानीयले चर्को विरोध गरेका छन । 
                         घोडाघोडी क्षेत्र सरक्षण तथा जागरण मञ्चले विद्यार्थीबाट ५ रुपैया, सर्वसाधारणबाट १० तथा  विदेशी पर्यटकबाट ५० रुपैया असुल्न थोलेपछि विरोध गरिएको हो । सरकारी स्रोत साधनको सरकारी निकायले वा टेण्डर आह्वान गरि ठेक्कामा दिनुपर्नेमा उक्त सस्थाले मनोमानी रुपमा रकम असुल्न थालेका स्थानीयको आरोप छ । 

घोडाघोडी ताल क्षेत्र प्रवेश गरेवापत बैशाख १ गतेबाट रकम असुल्दै आएको सस्थाले भने तालको सरक्षणका लागि सरोकारवालाको सहमतिमा रकम उठाउन थालेको जनाएको छ ।  


सोमबार ०४, बैशाख २०७४ ०६:१८ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस