---
Friday, October 18 2019, 20:01 | शुक्रबार ०१, कार्तिक २०७६ २०:०१
इन्डियाज नेक्स्ट टप मोडलमा नेपालकी सविता फस्ट रनरअप

आइतबार, ०२ पुष २०७४| Radio Dhangadhi
इन्डियाज नेक्स्ट टप मोडलमा नेपालकी सविता फस्ट रनरअप

‘इन्डियाज नेक्स्ट टप मोडल’को तेस्रो संस्करणमा यसपाली नेपालकी सविता कार्की उत्कृष्ट तीनमा छानिएकी थिइन् । हिजो भएको प्रतियोगिताको छिनोफानोमा सविता फस्ट रनरअप भइन् । प्रतियोगिताको शीर्ष उपाधी अमदाबादकी रिया सुवोधले जितिन् ।

एमटिभीबाट प्रसारण भइरहेको चर्चित शो ‘इन्डिजायज नेक्स् टप मोडल’को नतिजा, नेपाली युवापुस्ताका लागि यसकारण पनि प्रतिक्षित थियो कि, त्यसमा सविता कार्की सहभागी थिइन् ।

तेस्रो संस्करणमा पहिलो पटक नेपाली मोडलले उक्त प्लेटर्फममा पाइला टेकेकी हुन् । सविताले विभिन्न चरणमा आफुलाई अब्बल सावित गर्दै अन्तिम राउन्डसम्म आइपुगेकी थिइन् । यद्यपी उनी दोस्रो स्थानमा रोकिइन् । उनलाई अहमदाबादकी रियाले उछिनिन् । प्रतिस्पर्धी श्वेता राजलाई भने उनले अघि बढ्न दिइनन् ।

भनिहालौ, भारतिय मोडिलिङ करियरको लागि यो प्रतियोगिता ‘गेट वे’ हो । प्रतियोगितामा बलिउडका चर्चित फोटोग्राफरदेखि अभिनेत्रीसम्म निर्णयकको कुर्सीमा हुन्छन् ।

तेस्रो सिजनको थिम फेशन गेट्स टफ थियो । यही थिमलाई ध्यानमा राख्दै प्रस्तुतकर्ताले यस सिजनलाई एकदमै ‘टफ’ बनाएका थिए । प्रतियोगितामा मलाइका अरोरा मूख्य निर्णयकको रुपमा रहेकी थिइन् । साथै फोटोग्राफर डब्बू रतनानी र मिलिन्दा सोमन सामेल थिए ।

यस रियलिटी शोको अन्तिम तीन बिजेतालाई ओपो २०१८ को क्यालेन्डरको लागि फोटोशूट गराइनेछ ।

अनलाइनखबरबाट साभार ।


आइतबार ०२, पुष २०७४ ०५:०४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस