---
Friday, October 18 2019, 20:05 | शुक्रबार ०१, कार्तिक २०७६ २०:०५
यो वर्ष बलिउडमा भएका ठूला विवाद : कंगनादेखि पद्मावतिसम्म

आइतबार, ०२ पुष २०७४| Radio Dhangadhi
यो वर्ष बलिउडमा भएका ठूला विवाद : कंगनादेखि पद्मावतिसम्म

पुस २ – सफल चलचित्र र बक्स अफिसको बहसको बिचमा एक चिज हुन्छ, त्यो हो विवाद । यस्ता विवाद लामो समयसम्म नियमित रुपले सञ्चार माध्यमका हेडलाइन बनेर बलिउडको वरिपरि घुमिरहन्छन् । बलिउडमा यस्ता केही घटना भएका छन्, जसले सन् २०१७ लाई विवादित वर्षको रुपमा स्मरण गराउँछन् । ऋतिक रोशनदेखि कंगना रनावत, करण जोहर, सोनु निगम, अक्षय कुमार लगायत धेरै सेलिब्रेटी विभिन्न विवादका कारण आकर्षण पात्र रहे साथै सामाजिक सञ्जालमा धेरैको विचार निर्माणको आधार पनि । 

बलिउडमा सन् २०१७ मा विवादित घटनामध्ये १५ घटना यस्ता छन् ।

१) ऋतिक रोशन र कंगना रनावतको प्रेम कहानी

क्रिस थ्रीको छायाँकनको क्रममा सुरु भएको प्रेम कहानीको कथा अन्ततः कानुनी सूचना जारी भएपछि सक्किएको छ । अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावतको प्रेम कहानीले कानुनी लडाई लड्नु प¥यो । कंगनाले ऋतिकले इमेलको माध्यमबाट सन्देश पठाउने गरेको र केही अश्लिल कुरा गरेको आरोप लगाएकी थिइन ।

२) पद्मावति

रानी पद्मावति र शासक अलाउद्दीन खिलजीको इतिहास समेटेर बनाइएको चलचित्र पद्मावति पनि विवादको सूचिमा परेको छ । राजपूत राजा रतन सेनकी रानी पद्मावति यति विवादित भयो कि राजपुतका नागरिकले चलचित्रको सेट नै तोडफोड गरेका थिए । कलाकारहरु रणवीर सिंह, दीपिका पादुकोण, शाहीद कपुर लगायतले यस बारेमा मुख खोलेका थिएनन् । पद्मावति चलचित्रका निर्देशक सञ्जयलिला भन्सालीले चलचित्रकी मुख्य पात्रलाई खराब तरिकाले चित्रण गरेको आरोप लागेको छ । यो मुद्दा अहिले राष्ट्रिय बनेको छ । सेन्सर बोर्डले पनि यो चलचित्रका केही दृष्यमा आपत्ति जनाएको छ । डिसेम्बरमा रिलिज हुने भनिएको चलचित्र विवादको कारण रिलिज अनिश्चित बनेको छ ।

३) सोनु निगमको ट्वीट

सोनु निगमले एकदिन बिहान ट्वीट गरेका थिए कि उनलाई बिहान गरिने आजान (मुस्लिमहरुको भजन) ले सुत्न समस्या भयो । उनले कुनै पनि धर्ममा प्राथना गर्न लाउडस्पीकरको प्रयोग गर्ने चलनको आलोचना गरेका थिए । तर उनको यो ट्वीट धर्म विरोधी बन्यो । यतिसम्म भयो कि गायक निगम टाउकोको मूल्य १० लाख तोकिएको थियो । तर निगमले मौलवी (इस्लाम धर्म गुरु) लाई फोन गरेर आग्रह गरे र आफ्नो कपाल मुण्डन गरेर यो विषयलाई टुंगाए ।

४) लिपस्टिक अन्डर माई बुर्का

अलांकिृता श्रीवास्तवको महिला उन्मुख चलचित्र लिपस्टिक अन्डर माई बुर्कामा बोल्ड सिन, यौन दृष्य र अश्लिल भाषाको प्रयोग भएको भन्दै विवादमा तानिएको थियो । यो चलचित्र पनि सेन्सर बोर्डमा पास हुन सकेन । यो भन्दा पछाडि बोर्ड र बोर्डका प्रमुख पहलज निहलानीको बिचमा ठूलो लडाई भएको थियो । अन्त्यमा फिल्म सर्टिफिकेसन अपिलेट ट्रिब्यूनलले पारित ग¥यो र एकता कपुर चलचित्र वितरक बनेर बोर्डमा आइन् ।

५) गृहणीको बारेमा मिरा राजपुतको टिप्पणी

शाहीद कपुरकी श्रीमती मिरा राजपुत पनि विवादमा मुछिइन् जब उनले भारतीय कामकाजी महिलाको नाममा टिप्पणी गरिन । उनले भनेकी थिइन्, ‘म मेरो बच्चासँग दिनमा एक घण्टा बिताएर काममा दौडन चाहन्न, उ मेरो बच्चा हो, कुकुरको छाउरो होइन । म आफ्नो बच्चाको आमा जसरी बस्न चाहन्छु ।’ मिरा राजपुतको यो भनाईलाई कामकाजी महिलाले खण्डन गरेका थिए । मिराको चौतर्फी आलोचना भएपछि शाहीद र मिरा दुवैले स्पष्टिकरण दिनुपरेको थियो ।

६) अजय देवल र क्रिमको विज्ञापन 

अजय देवलले फेसबुक पेजमा एक क्रिमको प्रवर्द्धन गरेको भएर विवादमा मुछिएका थिए । यो विवाद उनीसँगै शाहरुख खान, दीपिका पादुकोण, सोनम कपुर लगायतलाई पनि लक्षित गरिएको थियो । 

७) रईज र कबालीको टक्कर

सन् २०१७ मो पहिलो र अन्तिम बक्स अफिस टक्कर रईज र काबिलको थियो । जसमा निर्माता चलचित्र रिलिजको मिति सार्न अस्वीकार गरे । शाहरुख खानको चलचित्र हलमा लाग्ने भएपछि काबिलले हलमा कम स्थान पाएको थियो । नायक ऋतिक रोशनले वितरकलाई विश्वासघात गरेको आरोप लगाएका थिए । ऋतिक रोशनले शाहरुख खानलाई पत्र लेखेर स्थिति शान्त पार्न खोजेका थिए । अंतिम बक्स अफिस आंकडामा रईसले काबिल भन्दा १०० करोड धेरै कमाएको थियो ।

८) प्रियांका चोपडाको प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट 

अभिनेत्री प्रियांका चोपडाले भारतलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाइरहेकी छन् । उनको भेटघाट जर्मनीको बर्लिनमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको थियो । यो भेटघाटलाई राम्रो मानिए पनि प्रियांकाको कपडाको आलोचना भएको थियो । उनलाई प्रधानमन्त्रीसँग भेट गर्दा खुट्टा देखाएको, प्रधानमन्त्री भेट्ने प्रोटोकल तोडेको आरोप लागेको थियो । प्रियांकाको आमाले प्रियांकालाई कपडा फेर्ने समय नभएको जानकारी दिँदै सबैसँग माफि मागेकी थिइन् ।

९) अक्षयकुमारलाई राष्ट्रिय अवार्ड 

अक्षयकुमारले रुस्तम चलचित्रका लागि राष्ट्रिय अभिनेताको पुरस्कार पाएका थिए । तर अवार्ड पाएको खुशी भन्दा विवादको स्पष्टिकरण गर्दै उनलाई दुःख भएको थियो, किनकी यो अवार्डलाई अनुचित भनिएको थियो । चलचित्र निर्माता प्रियदर्शनले पनि अक्षयलाई सहयोग गरेनन् । अन्त्यमा अक्षय कुमारले २६ वर्षपछि जितेको अवार्ड हो, अन्यायपूर्ण भएको जस्तो लागे फिर्ता लिनुहोस् भनेका थिए । 

१०) नातावादको विवाद

कंगना रनावतले एक शोमा करण जोहरलाई भाइभक्तिमा झुकाव राख्ने व्यक्ति र फिल्म माफिया भनेकी थिइन् । कंगनाले स्टार सेलिब्रेटीका छोराछारीको बलिउडमा करियर सुरु हुने कुरालाई जोडेर यस्तो बताएकी थिइन् तर उनको यो बोलिले विवादको रुप लियो ।

११) फातिमा शेखको कपडा

दंगलकी नायिका फातिमा साना शेख रमजानको महिनामा पौडी खेल्ने कपडा लगाएको फोटो पोष्ट गरेको भन्दै विवादमा परेकी थिइन् । उनलाई इस्लाम धर्म सिद्धान्तको विरुद्धमा गएको भन्दै विरोध गरिएको थियो ।

१२) रणवीर कपुर र माहिरा खान

रणवीर कपुर र पाकिस्तानी अभिनेत्री माहिरा खानलाई पहिलोपल्ट दुबईमा भएको शिक्षक पुरस्कार समारोहमा सँगै देखिएको थियो तर केही महिना पछि न्यूयोर्क शहरको सडकमा हातमा चुरोट समातेर हिँडेको फोटो भाइरल भयो । उनीहरुलाई डेटिङ गरको आरोप लागेको थियो, रणवीर माहिराको बचाउमा बोलिरहे । यो घटनापछि माहिराले नराम्रो लागेको बताएकी थिइन् । माहिरा रईस चलचित्रमा शाहरुख खानसँग खेलेकी थिइन् ।

१३) हर्षवर्धन कपुर र अवार्ड 

अनिल कपुरका छोरा हर्षवर्धन कपुर फिल्म फेयर अवार्डमा आफ्नो चलचित्र मिर्जियाको सट्टामा उड्ता पञ्जावले अवार्ड जितेको भन्दै असन्तुष्ट भएका थिए । उनले अवार्ड पाएका दिलजित दोसाँझको आलोचना गरेका थिए । तर दिलजित यसबाट केही प्रभावित भएनन् र केही समयपछि हर्षवर्धनले ट्वीटर मार्फन माफी मागेका थिए ।

१४) काजोल र करण जोहर

बलिउडको उदहारणीय मित्रतामा कहिले काहीँ फाटो पनि आउँछ । यस्ता उदहारण बलिउडमा धेरै छन्, ती मध्येको एक हो, पछिल्लो तिहारमा रिलिज भएको करण जोहरकोे चलचित्र ए दिल हे मुस्किल र अजय देवगनको शिवाय । यो विवाद अजय देवगणले करण जोहरलाई आफ्नो फिल्मलाई पछि पार्नका लागि २५ लाख रुपैयाँ लगानी गरेको आरोप लगाएपछि सुरु भएको थियो । तर काजोलले यसमा केही बोलिनन् र पछि करणलाई भेटेर मदभेदको अन्त्य गरिन् ।

१५) नवाजउद्दिन सिद्दकीको किताब

नवाजउद्दिन सिद्दकीको संस्मरण पुस्तक सबैको ध्यान तान्नमा सफल भयो, राम्रो कुराको लागि होइन, मात्र नराम्रो कुराका लागि । उनले पुस्तकमा संघर्षको कथा मात्र नभएर आफ्नो प्रेमजीवनको बारेमा पनि कुरा गरेका थिए । उनले पूर्व मिस इन्डिया निहारिका सिंह र अभिनेता सुनिता राजवरसँगको सम्बन्धका बारेमा पनि लखेका थिए । पूर्व प्रेमिका द्वोयले सिद्दकीलाई किताब बेच्नका लागि महिलामाथि शोषण र अपमानजनक रुपमा प्रस्तुत गरेको बताएका थिए । नवाजले प्रेमिका सुनिताले खराब स्थितिमा छोडेको आरोप लगाएका थिए तर सुनितले फेसबुक स्टाटसमा यसको खण्डन गरेकी थिइन । अन्त्यमा सिद्दकीले माफी मागेर पुस्तक फिर्ता लिएका थिए ।

                            उज्यालोबाट साभार


आइतबार ०२, पुष २०७४ ०२:३९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस