---
Friday, October 18 2019, 20:34 | शुक्रबार ०१, कार्तिक २०७६ २०:३४
प्रतिमिनेट एक करोड पारिश्रमिक लिएर नाच्दै प्रियंका

शनिबार, ०१ पुष २०७४| Radio Dhangadhi
प्रतिमिनेट एक करोड पारिश्रमिक लिएर नाच्दै प्रियंका

बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल हलिउडमा बढि व्यस्त छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् ।

यसैबीच, प्रियंकाले यसै महिनाको अन्त्यमा आयोजना हुने जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएको छ । उक्त कार्यक्रममा उनले पाँच मिनेट नृत्य गर्नेछिन् । प्रियंकाले सो प्रस्तुतिका लागि लिन लागेको पारिश्रमिक चर्चाको विषय बनेको छ ।

भारतीय मिडियाका अनुसार प्रियंकाले मिनेटको १ करोड भारुका दरले पारिश्रमिक लिने तय भएको छ । यस अनुसार उनले पाँच मिनेटको पाँच करोड पाउनेछिन् ।

प्रियंकाले दुई वर्षपछि भारतमा पर्फम गर्न लागेकी हुन् । यसमा उनले आफ्ना सुपरहिट गितहरुमा डान्स गर्ने बताइएको छ । यसअघि आइफा अवार्डमा पनि उनी नाच्ने चर्चा चलेको थियो । तर, पारिश्रमिकमा कुरा नमिलेपछि नाचिनन् ।

अनलाइनखबरबाट साभार । 


शनिबार ०१, पुष २०७४ ०१:३९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस