---
Friday, October 18 2019, 19:56 | शुक्रबार ०१, कार्तिक २०७६ १९:५६
बोल्ड श्रृष्टी फिल्ममा किन सफ्ट ?

सोमबार, २५ मङि्सर २०७४| Radio Dhangadhi

‘मिस नेपाल’को उपाधि जितिसकेपछि धेरैले नायिका श्रृष्टी श्रेष्ठको सुन्दरताको चर्चा गरे । साथमा, श्रृष्टीको बोल्ड अवतारको पनि धेरैले प्रशंसा गरे । मिस नेपाल भएपछि उनका टू पिस तस्बिरहरु सामाजिक संजाल र मिडियामा त भाइरल नै भएका थिए । केहि भिडियोमा श्रृष्टीले आफ्नो बोल्ड अवतार पनि प्रस्तुत गरिन् ।

श्रृष्टीको यस्तो अवतार हेरेका धेरै दर्शकलाई उनको बोल्ड छवि चलचित्रमा पनि देखिने आशा थियो । तर, श्रृष्टीले चलचित्रको पर्दामा भने आफूलाई सफ्ट रुपमा उतारेकी छिन् । पहिलो चलचित्र ‘गाजलु’मा त उनी ‘कुमारी’को भूमिकामा देखिइन् । जसमा, उनको बोल्ड अवतार हुने कुरै भएन । यो चलचित्रमा सोझी यूवतीको भूमिकामा देखिएकी श्रृष्टीले यसपछि केहि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

‘लाउरे, रोमियो एन्ड मुना’मा काम गरिसकेकी श्रृष्टी अहिले ‘बाँध मायाले’मा काम गरिरहेकी छिन् । ‘बाँध मायाले’मा पनि उनी निकै सफ्ट छिन् । ‘रोमियो एन्ड मुना’मा पनि उनी एक गाउँले यूवतीको भूमिकामा देखिएकी छिन् । बोल्ड श्रृष्टीलाई निर्देशकले किन सफ्ट भूमिकामा प्रस्तुत गरिरहेका छन् यो उनीहरुले नै जान्ने कुरा हो ।
कतै, श्रृष्टीले चलचित्रको पर्दामा आफ्नो बोल्ड अवतार प्रस्तुत गर्न नचाहेकी हुन् त ?


अनलाइनखबरबाट साभार ।


सोमबार २५, मङि्सर २०७४ ०४:२९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस