INDRENI (Lok Dohori)

10:00 AM - 11:00 AM

Friday, September 21 2018, 10:57 | शुक्रबार ०५, असोज २०७५ १०:५७
३ दशमलव १ प्रतिशत बालबालिका विद्यालय बाहिर

आइतबार, ०३ बैशाख २०७४| Nirmala Khadayat
३ दशमलव १ प्रतिशत बालबालिका विद्यालय बाहिर

एफएम संवाददाता                                                               
धनगढी। बैशाख २–
बर्षेनि विद्यालय क्षेत्रबाहिर रहेका विद्यार्थीलाई भर्ना गराउनका लागि भर्ना अभियान सन्चालन हुने गरेको कैलालीमा अझै ३ दशमलव १ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालको तथ्याङकले देखाएको छ । हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा भन्ने नाराका साथ आजदेखि देशभरिसगै कैलालीमा पनि  भर्ना अभियान सुरु भएको छ ।  

कैलालीमा प्राथमिक उमेर समूहका ५ देखि ९ वर्षका ३ दशमलव १ प्रतिशत बालबालिका बिद्यालय पहुच भन्दा बाहिर रहेका छन । त्यस्तै आधारभूत तह ५ देखि १२ वर्ष उमेर समूहका ८ दशमलव ८३ प्रतिशत बालबालिका बिद्यालयको पहुच भन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालय कैलाीले जनाएको छ ।

विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गरी उनीहरुलाई विद्यालयमा ल्याउने र विद्यालयमा टिकाइराख्न भर्ना अभियान सञ्चालन गरिएको हो ।  भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, दिवा खाजा कार्यक्रम, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम, वैकल्पिक शिक्षा कार्यक्रम, प्राथमिक बाल शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको छ । 


आइतबार ०३, बैशाख २०७४ ०६:२६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस