New Dohori songs

04:00 PM - 05:00 PM

Sunday, July 22 2018, 16:12 | आइतबार ०६, साउन २०७५ १६:१२
बैतडीमा दलका प्रतिनिधिले मतपत्र छुन पनि नपाइने

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi
बैतडीमा दलका प्रतिनिधिले मतपत्र छुन पनि नपाइने

एफएम संवाददाता
मङसीर २१ बैतडी
बैतडीमा प्रदेशसभा र प्रतिनिधिसभाको मतगणना बेलुकी ५ बजेबाट सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारहरु बीच मतगणना कार्यलाई व्यवस्थित गर्न हिजो नै २१ बुँदे निर्णय भएपछि मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा र प्रदेशसभाका अलग अलग टोली बनाएर मतगणना गर्न थालिएको छ ।  मतगणनास्थलमा तारजाली लगाईएको छ भने दलका प्रतिनिधिहरुलाई तारजाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।

दशरथचन्द नगरपालिकाको हलमा प्रदेशसभा (क) र (ख) को मतगणना भईरहेको छ भने प्रतिनिधि सभाको नगरपालिकाको एउटा कोठामा भईरहेको छ ।

राजनीतिक दलका प्रतिनिधिहरुलाई मतपत्र छुन नदिने गरी मतगणनाको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनुभयो । कर्मचारीहरुको टोली तारजाली भित्र मतगणना गरिरहेका छन् भने दलका प्रतिनिधि तारजाली बाहिरै बसेर मतगणना कार्यमा सहभागी भएका छन् ।

मतगणनाका लागि ६/६ जनाको तीनवटा टोली बनाएको छ । टोलीहरु समय अनुसार परिवर्तन हुने र एकपटकमा कम्तिमा दुई मटपेटिकाको मत एकै ठाउँमा खन्याएर गणना गर्ने सहमति अनुसार मतगणना भईरहेको छ ।


बिहिबार २१, मङि्सर २०७४ ०६:१० मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस