New Dohori songs

04:00 PM - 05:00 PM

Sunday, July 22 2018, 16:18 | आइतबार ०६, साउन २०७५ १६:१८
बझाङमा मत गणना सुरु, नतिजा नआउँदै परिणाम सुन्नेको घुँइचो

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

एफएम संवाददाता
मङसीर २१ बझाङ

बझाङमा मनगणनाको नतिजा आउनु अगावै मत परिणाम सुन्नेको घुईचो लागिसकेको छ । पहिलो चरणमा चुनाव भएको बझाङमा मत गणना शुरु हुनासाथ बाहिर परिणाम सुन्नेको भीड लागेको हो ।

जिल्ला पशु सेवा कार्यालयको नयाँ भवनमा मतगणना भैरहेको छ । मतगणना स्थलको सुरक्षा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीले गरिरहेका छन् ।

नेपाली सेनाले पनि मतदान स्थलको सुरक्षा गर्ने प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा दुई ठाउँमा मतगणना भैरहेको छ ।

बझाङमा ६६ हजार २ सय ७३ मत खसेको छ । प्रतिनिधि सभाका लागि ७ जना प्रतिस्पर्धी रहेको बझाङमा प्रदेश क को लागि ६ जना र ख को लागि ४ जना उम्मेदवार छन् ।

बझाङको प्रारम्भिक मत परिणाम १ घण्टा भित्रै सार्वजनिक गर्ने भएको छ । मत परिणाम प्रत्येक घण्टामा सार्वजनिक गर्न मतगणना स्थलमा लाउड स्पिकरको व्यवस्था गरिएको छ ।  


बिहिबार २१, मङि्सर २०७४ ०६:०६ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस