---
Wednesday, January 17 2018, 04:39 | बुधबार ०३, माघ २०७४ ०४:३९
सात नम्बर प्रदेशका ‘हेवी वेट’ शिर्ष नेताहरुले कहाँबाट गरे मतदान पुरा पढ्नुहोस्

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi
सात नम्बर प्रदेशका ‘हेवी वेट’ शिर्ष नेताहरुले कहाँबाट गरे मतदान पुरा पढ्नुहोस्

एफएम संवाददाता
मङसीर २१ कैलाली

सात नम्बर प्रदेशका ‘हेवी वेट’ शिर्ष नेता हरुले पनि विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन ।

मतदान गर्नका लागि आ–आफनो क्षेत्र पुगेका नेताहरुले निर्वाचन सुरु हुनासाथ मतदान गरेका हुन । प्रधानमन्त्री देउवाले जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ असिग्राम उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । देउवा डडेल्धुराबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार हुनुहुन्छ ।

भीम रावलले अछामको साँफेबगर नगरपालिका वडा नम्बर ९ भागेश्वर स्थित चन्द्रोदय प्रावि रिठागाउँ मतदान केन्द्रबाट मतदान गर्नुभएको एमालले जनाएको छ । उहाँ बाम गठबन्धनकोतर्फबाट अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेद्वार हुनुहुन्छ ।

यस्तै पुर्व मन्त्री लेखराज भट्टले गोदावरी नगरपालीका वडा नम्वर १ मा रहेको घण्टेश्वर मावी बाट मतदान गर्नुभएको छ । कञ्चनपुरमा ६ जना पूर्वमन्त्रीहरुले मतदान गरेका छन । नेपाली काँग्रेसका ३ र नेकपा एमालेका ३ जना पूर्व मन्त्रीहरुले निर्वाचनमा आ–आफ्नो मतदान केन्द्रमा मतदान गरेको बताईएको छ ।

काँग्रेस नेता एंव पूर्व भौतीक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र पूर्व सभामुख एंव पूर्वमन्त्री एमाले नेता भोजराज जोशीले नगरपालिका ८ मा रहेको वैजनाथ उमावि गयलनदी, पूर्वमन्त्री तारणीदत्त चटौतले भीमदत्त नगरपालिका अन्र्तगत वडा नम्बर ४ मा रहेको भृकुटी उमाविको मतदान केन्द्रमा मतदान गर्नुभएको छ भने एमालेकै नेता एंव पूर्व सहायक मन्त्री लालबहादुर विश्वकर्माले पुनर्वास नगरपालिका ५ मा रहेको गौरी शंकर उच्च मावि, एमालेबाटै पूर्वमन्त्री उर्वादत्त पन्तले भीमदत्त नगरपालिका वडा नम्बर ६ मा रहेको शान्ति विद्या निकेतन मावि, पूर्वमन्त्री एनपी साउँदले भीमदत्त नगरपालिका २ उल्टाखामको सरस्वती मावि उल्टाखाममा मतदान गर्नुभएको छ । यता, कैलालीमा रहेका ३ जना पुर्व मन्त्रीहरुले पनि आ–आफ्नो गृह क्षेत्रमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।  

पुर्व मन्त्री लेखराज भट्ट गोदावरी नगरपालीका वडा नम्वर १ मा रहेको घण्टेश्वर मावीमा, पुर्व कृर्षी मन्त्री गौरीशंकर चौधरीले कैलारी गाउँपालीका वडा नम्वर २ बसौटी स्थीत स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट र पुर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले जोशीपुर गाउँपालीका वडा नम्वर ८ राष्ट्रीय मावी डहरबरीया मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

भौतीक पुर्वाधार तथा यातायात मन्त्री विर वहादुर बलायरले डोटीको शिखर नगरपालीकाको राधाकृष्ण माध्यमीक विद्यालय गोपघाटबाट मत हाल्नुभएको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका साझा उम्मेद्वार नारदमुनी रानाले पनि धनगढी उपमहानगरपालकिाको धनगढी मा.वि धनगढी गाउँ बाट मतदान गर्नुभएको छ । रानाका प्रतिस्पर्धि तथा प्रधानमन्त्री पत्नी आरजु देउवाले भने भोट हाल्नुभएन ।

आरजुले आफनै पति प्रधानमन्त्री देउवालाई मत हाल्न पाउनु भएन । आरजु देउवा कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट प्रतिनिधि सभा उमेदवार भएकाले डडेल्धुरा जान पाउनुभएन ।

पतीलाई मात्रै होईन आरजुले आफुलाई पनि मत हाल्न पाउनुभएन । कञ्चनपुरको पुर्नवास नगरपालीका राम वस्तीको गोर्खा आधारभुत मावि बाट कञ्चनपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनकी उमेदवार विना मगरले मतदान गर्नुभएको छ ।   


बिहिबार २१, मङि्सर २०७४ ०५:५५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस