---
Wednesday, January 17 2018, 04:43 | बुधबार ०३, माघ २०७४ ०४:४३
पहिलो चरणमा मतदान भएका जिल्लामा मतगणना सुरु

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

एफएम संवाददाता
मङसीर २१ कैलाली
 

पहिलो चरणमा मतदान भएका ७ नम्बर प्रदेशका ४ जिल्लामा बिहीबार साझ ५ बजेदेखि मतगणना कार्य सुरु भएको छ ।

दोस्रो चरणको मतदान कार्य सकिएसगै पहिलो चरण अन्तर्गत मसिर १० गते प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन भएका बाजुरा, बझाङ, बैतडी र दार्चुलामा मत गणना कार्य सुरु भएको हो ।

दार्चुलामा कर्मचारी आवास गृह, बाजुरामा जिल्ला समन्वय समितिको सभाहलमा, बझाङमा पशु सेवा कार्यालयको नवविर्मित भवनमा र बैतडीमा सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकाको कार्यालयमा मत गरणना गरिदै छ ।  मत गणना कार्य सुरु हुनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरु सहितको सर्बदलिय बैठक सम्पन्न गरेका थिए ।

बैठकपछि प्रदेश सभा र प्रतिनिधी सभाको प्रत्यक्ष तर्फको मत एकैसाथ गणना गर्ने, एक जना उम्मेदवारले दुई जना प्रतिनिधी राख्न पाउने, सदर तथा बदर मत सम्बन्धि सहमती भएको थियो । मतगणनाका लागि गणक र उम्मेदवारका प्रतिनिधी बस्ने ठाउँको बीचमा ग्याबिन तार जाली लगाइएको छ ।

३ लाख ८४ हजार ९ सय ३८ मतदाता रहेका ति जिल्लाहरुमा ६२ प्रतिशत मत खसेको थियो । सबैभन्दा बढी मत बाजुरामा ७६ दशमलव २० प्रतिशत मत खसेको थियोे । ६९ हजार ८ सय ३४ मतदाता रहेको बाजुरामा ५३ हजार २ सय १५ जनाले मतदान गरेका थिए ।  दार्चुलामा ६९ प्रतिशत मत खसेको थियो । ७८ हजार ५ सय १३ मतदाता मध्ये ५४ हजार ४ सय १४ जनाले मत खसालेका थिए ।

बैतडीमा ५८ प्रतिशत मत खसेको छ । बैतडीमा १ लाख ३२ हजार ३ सय १९ मतदाता रहेकोमा ७६ हजार ७ सय ४५ मतदाताले मत हालेका थिए । बझाङमा ६४ प्रतिशत मत खसेको थियो । बैतडीमा प्रतिनिधिसभामा ५ तथा प्रदेशमा ७ गरि १२ उम्मेद्वार चुनावी मैदानमा छन भने बझाङमा प्रतिनिधिमा ७ प्रदेशमा १० जना उम्मेद्वार चुनावी मैदानमा छन ।

दार्चुलामा प्रतिनिधि ५, प्रदेशमा १० र बाजुरामा प्रनितिधिमा ३ तथा प्रदेशमा ८ जना उम्मेद्वार प्रतिस्पर्धामा छन । 


बिहिबार २१, मङि्सर २०७४ ०५:४९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस