---
Wednesday, January 17 2018, 04:38 | बुधबार ०३, माघ २०७४ ०४:३८
७ नम्बर प्रदेशका ५ जिल्लामा शान्तिपूर्वक मतदान सम्पन्न

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi
७ नम्बर प्रदेशका ५ जिल्लामा शान्तिपूर्वक मतदान सम्पन्न

एफएम संवाददाता
मङसीर २१ कैलाली

७ नम्बर प्रदेशका ५ जिल्लामा केही छिटपुट घटना बाहेक शान्तिपूर्वक रुपमा मतदान सम्पन्न भएको छ ।

प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि दोस्रोे चरणमा आज निर्वाचन भएका सात नम्बर प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछाममा शान्तिपूर्वक रुपमा मतदान कार्य सम्पन्न भएको ७ नमबर प्रदेशका क्षेत्रीय प्रंशासक लक्ष्मीराम पौडेलले जानकारी दिनुभएको छ ।

उहाँले केही ठाउमा सामान्य झडप तथा बम विष्फोटका घटना भएको जानकारी दिनुभयो । निर्वाचन भएका ७ नम्बर पं्रदेशका ५ जिल्लामा ६५ देखि ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ । तर, एकनि तथ्याङ सकलन गर्ने कार्य अहिले भईरहेको छ । क्षेत्रीय निर्वाचन अधिकृत मोहन प्रसाद अर्यालले ६५ देखि ७० प्रतिशत मत खसको अनुमान गरिएको बताउनुभयो ।

अहिले एकिन तथ्याङक सकलन गर्ने कार्य भईरहेको उहाँले बताउनुभयो । केही जिल्लाका मतदान केन्द्रमा ढिलागरि मात्रै मतदान कार्य सम्पन्न भएपछि तथ्याङक सकलनमा ढिलाई भएको हो । कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका कति मत सख्यो भन्ने एकनि तथ्याङक आईसकेको छैन ।

क्षेत्रीय निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार अछाममा ६५ प्रतिशत मत खसेको छ । दिउसो ४ बजेसम्ममा अछाममा ५७ प्रतिशत, कञ्चनपुरमा ६३ प्रतिशत र कैलालीमा ५१ दशमलव ५३ प्रतिशत मत खसेको थियो । डोटीमा पनि ६० देखि ६५ प्रतिशत मत खसेकोअ नुमान गरिएको छ । 


बिहिबार २१, मङि्सर २०७४ ०५:४५ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस