New Dohori songs

04:00 PM - 05:00 PM

Sunday, July 22 2018, 16:18 | आइतबार ०६, साउन २०७५ १६:१८
अछाममा कांग्रेस र एमालेबीच झडप, प्रहरीद्वारा तीन सेल अश्रुग्यास प्रहार

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

एफएम संवाददाता
मङसीर २१ अछाम

अछामको चौरपाटी गाउँपालिका- ५ लुंग्राको दयापिपलतोला मावि मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ ।

 

 

नेपाली कांग्रेसका कार्यकर्ताले फर्जी मत हाल्न खोज्दा र एमालेका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको स्थानीय धिराजन खड्काले जानकारी दिए ।

झडपमा तीन जना घाइते भएको बताइएको छ । घाइतेको पूर्ण विवरण आउन बाँकी छ । मतदाताहरु स्थानीयवासीको घरमा लुकेर बसेको बताइएको छ ।

नेपाली सेनाको हेलिकोप्टरले उक्त मतदान केन्द्रमा हवाइ गस्ती गरिरहेको छ । अहिले स्थिति शान्तिपूर्ण छ ।

अछामको प्रदेशसभा १ -१) का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्काको घर सोही मतदान केन्द्रमा पर्दछ ।


बिहिबार २१, मङि्सर २०७४ ०५:३७ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस