Fresh Morning Mix Nepali Pop

08:00 AM - 09:00 AM

Wednesday, January 17 2018, 08:25 | बुधबार ०३, माघ २०७४ ०८:२५
कैलाली क्षेत्र नं १ मा मतदान शान्तिपुर्ण रुपमा

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

निर्मला खडायत
ध्नगढी, २१ म्ंसिर ।

कैलाली क्षेत्र नं १ मा मतदान शान्तिपुर्ण रुपमा भैरहेको छ । कैलाली क्षेत्र नं १ अन्तर्गतको जोशिपुर र भजनीका अधिकांश मतदान स्थलमा तिन सय बढि मत खसिसकेको बताइएको छ । मतदाताहरु लाइनमा लामबद्ध देखिन्छन ।

मतदाताहरुका लागी सहज बातावरण बनाइएकाले मतदाताहरु लाइनमा लामबद्ध भएर मतदान गर्न उत्सुक देखिएको निर्वाचन अधिकृत खिमानन्द भुषालले जानकारी दिनुभयो । सो मतदान स्थलहरुमा बेलुका पाच बजे सम्म ७० प्रतिशत मत खसिसक्ने अनुमान गरिएको छ ।

मतगणनाका लागी समेत ब्यवस्था गरिसकिएको बताइएको छ ।

यता कैलाली क्षेत्र नं २ मा पनि  ान्तिपुर्ण रुपमा मतदान प्रकृया चलिरहेको छ । बिहान पानि परेर केहि ढिलो गरि सुरु भएपनि अहिले भने मतदाताहरु निकै उत्साहित भएर मतदान गर्न उत्साहित देखिएको मतदान अधिकृत शिवहरी पौडेलले बताउनुभयो । 
 


बिहिबार २१, मङि्सर २०७४ १०:५४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस