Nepali Khabar

06:00 PM - 06:15 PM

Thursday, October 18 2018, 18:06 | बिहिबार ०१, कार्तिक २०७५ १८:०६
वतनिया एयरको नेपाल-कुवेत सीधा उडान आजबाट, नेपाली कामदार लाभान्वित हुने

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

२१ मंसिर, काठमाडौं । 

नेपाल र कुवेतबीच  आज बुधबारबाट पहिलोपटक  सीधा हवाई उडान सुरु हुने भएको छ । कुवेतको वतनिया एयरवेजले कुवेत सिटीबाट काठमाडौं र काठमाडौंबाट कुवेतसिटीसम्म दोहोरो सीधा हवाई सेवा थाल्न लागेको हो ।

कुवेत नेपाली कामदारको प्रमुख गन्तब्यमध्ये एक हो । अहिलेसम्म नेपाली कामदारलाई साउदी अरब भएर कुवेत पुग्नुपर्ने बाध्यता छ ।


वतननियाले न्यारोबडी एयरबसमार्फत सेवा थाल्न लागेको हो । नेपाल नागरिक उड्डय प्राधिकरणले रातको ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएर पौने १२ बजे कुवत फर्किने गरी सेवा सञ्चालनको अनुमति दिएको हो ।

नेपाल र कुवेतबीच सन् २००६मा हवाई सम्झौता भएको थियो । कुवेतसँग सीधा हवाई समबन्ध स्थापना भएपछि युरोप र अफ्रिका जानेहरुलाई पनि सहज हुनेछ ।

वतनियालाई प्रारम्भिक रुपमा ३ महिनामा लागि उडान अनुमति दिइएको प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । वतनियाले सेवा प्रारम्भ गरेपछि नेपाल फर्किने र नेपालबाट कुवेत उड्ने कामदारलाई निकै सहज हुनेछ ।

कुवेत अहिले धेरै नेपाली कामदार जाने मुलुकमध्ये ५ औं स्थानमा पर्छ । त्यसैकारण दैनिक एउटा उडान गर्ने गरी वतनियाले अनुमति लिएको हो ।

अहिले खाडी मुलक जान कतार, दुबई, इत्तिहाद, ओमन, नेपाल, हिमालय लगायतका एयरलाइन्सले सीधा उडान गरिरहेका छन् ।

अनलाइनखबरबाट साभार ।


बिहिबार २१, मङि्सर २०७४ ०८:२९ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस