---
Wednesday, January 17 2018, 04:33 | बुधबार ०३, माघ २०७४ ०४:३३
रोनाल्डोले बनाए समूह चरणका सबै खेलमा गोलको रेकर्ड

बिहिबार, २१ मङि्सर २०७४| Radio Dhangadhi

२१ मंसिर, काठमाडौं ।

रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको समूह चरणका सबै खेलमा गोल गरेका छन् ।

समूह चरणको अन्तिम खेलमा रियल मड्रिडले बोरुसिया डर्टमुण्डलाई ३(२ गोलले हराउँदा रोनाल्डोले गोल गरेका हुन् । उनले १२ औं मिनेटमा गोल गरेका थिए ।


यससँगै यो सिजन च्याम्पियन्स लिगको समूह चरणमा रोनाल्डोको गोल संख्या ९ पुगेको छ ।

साथै समग्रमा उनको गोल ११४ भएको छ । उनी चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीभन्दा १७ गोलले पछाडि छन् ।

अनलाइनखबरबाट साभार ।


बिहिबार २१, मङि्सर २०७४ ०८:२४ मा प्रकाशित ।

रेडियो धनगढी लाइभ सुन्न र समाचार पढ्न एप डाउनलोड गर्नु होस्!

प्रतिकृया दिनुहोस